२१ कार्तिक २०८३, शुक्रबार

काङ्ग्रेस सभापति देउवाको नेतृत्वमा कांग्रेसलाई सफलता माथी सफलता

एसीपी संवाददाता

४ भाद्र २०७८, शुक्रबार १३:१७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तामा आएपछि पार्टीले एक पछि अर्को सफलता पाउँदै गएको छ ।गण्डकी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार, प्रदेश २ मा सरकारमा साझेदारी, लुम्बिनीमा सत्ता साझेदारीपछि कांग्रेसले अर्को प्रदेशको नेतृत्व पाउन लागेको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो गृह प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न लागेका हुन् ।एमाले विभाजन भएपछि सुदूरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको हो ।कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र प्रस्तावित नेकपा एमाले समाजवादी पार्टी सम्मिलित गठबन्धन बन्न लागेको हो ।

प्रदेश सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले गर्ने तय भएको छ ।सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीका निर्वाचित मुख्यमन्त्री त्रिलोचन भट्टले यसै महिना राजीनामा दिने र कांग्रेसले नेतृत्व सम्हाल्ने तय भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x