२१ कार्तिक २०८३, शुक्रबार

ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हाने

एसीपी संवाददाता

७ भाद्र २०७८, सोमबार ११:३६ मा प्रकाशित

गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित गाइजात्रा विशेष साक्षात्कारमा उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो हानेका छन् । हास्यकलाकारहरुले नेताका व्यवहार, शैली र प्रवृतिलाई आफ्नो व्यङग्यका निसाना बनाएका छन । कलाकारहरुले देशमा भएका भ्रष्टाचार, बलात्कार, ठगी र सामाजिक संजालमाथिका विसंगतीहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङग्य प्रस्तुत गरे । सरकारको नेतृत्व गरिरहेका नेताहरुलक्षित गरेर गाइजात्रा विशेष व्यङग्य प्रस्तुत गरेका थिए ।

वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिम्खडाले आफुले २०३७ सालदेखि गाईजात्रामा सहभागी भैरहेको स्मरण गराउनुभयो । उहाले देशको ३ जनाको मिलेमतोमा संविधान ल्याएको र बाँडीचुँडी देश खाएको भन्दै तिखो व्यङग्य प्रस्तुत गर्नुभयो ।

हाँस्यकलाकार किरण केसीले आफ्नै साथी स्वर्गीय रामशरण नेपालीलाई सम्झेर ‘सेती खोला चाइनोजो…’ गीत प्रस्तुत गर्नुभएको थियो ।

हाँस्यकलाकार दमन रुपाखेतीले जति गाली गरेपनि नेताहरु कहिल्यै नसुध्रिने बताउनुभयो ।

साक्षात्कार कार्यक्रममा हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर)ले सबै नेपालीहरु एकिकृत हुनुपर्छ भन्दै कविता वाचन गर्नुभएको थियो । गाइजात्रा बिशेषमा हाँस्यकलाकार राजाराजेन्द्र पोखरेलले पछिल्लो समयको राजनितिक घट्नाक्रमको बारेमा व्यंग्य गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x