अभिनेत्री दीपिका पादूकोण र कट्रिना कैफबारे यस्तै टिप्पणी
एजेन्सी । करिना कपुर बेलाबेलामा चर्चामा आइरहन्छिन् । खासगरी उनी आफ्नो ब्यक्तिगत जीवनका कुराले वि वा दमा परिरहन्छिन् । तर लाग्छ उनलाई यस्ता कुराले कुनै फरक पार्दैन । अहिले उनी आफ्नो दोस्रो सन्तानको नाम र उनले सार्वजनिक गरेको एक कितावका कारण वि वा दमा छन् ।
तर पनि उनले आफुले एक पटक दिएको अभिब्यक्ति कहिल्यै फिर्ता लिएकी छैनन् । जतिसुकै विरोधको सामना गर्नुपरे पनि उनी त्यसका लागि तयार हुन्छिन् । किनकी उनी निकै सोच बिचार गरेर मात्र बोल्छिन् । तर करिनाले सोचबिचार नगरी बोलेको केही कुराले भने उनी ट्रो ल पनि बन्ने गरेकी छन् ।
एक पटक त्यस्तै भएको छ । करिनालाई फिल्म निर्माता करण जोहरले बीबीसी भन्छन् । किनकी उनीसंग सबै कलाकारहरुको बारेमा जानकारी हुन्छ । कतिपय मिडियाले उनले दिएको सूचनालाई नै समाचार समेत बनाउने गरेको करणले सार्वजनिक अभिब्यक्तिका क्रममा भन्ने गरेका छन् ।
करिनाले धेरै पटक कयौं कलाकारबारे टिप्पणी गरेकी छन् र तिनले बलिउडमा हलचल पैदा गरेको थियो । उनले एक पटक अभिनेत्री दीपिका पादूकोण र कट्रिना कैफबारे यस्तै टिप्पणी दिएकी थिइन् । करिना र अभिनेता रणवीर कपुरको निकट स म्ब न्ध छ । यी दिदीभाइलाई बलिउडमा अरुको कुरा धेरै गर्ने भनेर चिनिन्छ ।
किनकी सबै कलाकारका बारेमा यिनीहरुलाई जानकारी हुन्छ । तर जब रणवीरको नाम दीपिका र कट्रिनासँग जोडिएको थियो, उनी सबैका लागि मुख्य विषय बनेका थिए । रणवीरले दीपिकासँग प्रेममा रहँदै कट्रिनासँग प्रेम गर्न थालेपछि निकै चर्चा । वि वा द भएको थियो ।
रणवीर, दीपिका र कट्रिनाको विषय चर्चामा रहँदाको समयतिरै ‘कफी विथ करण’ कार्यक्रममा करण जोहरले करिनालाई ‘दीपिका र कट्रिनासँगै लि फ्ट मा अ ड्कि एको भए के गर्थ्यौ ?’ भन्ने प्रश्न गरेका थिए । यसको जवाफमा करिनाले भनेकी थिइन्, ‘यदि त्यस्तो भयो भने मलाई लाग्छ म आफूलाई मा र्छु । दीपिका र कट्रिनासँग बस्नुभन्दा म र्नु जाती ।’
उनीसँगै छेउमा बसेकी अभिनेत्री सोनम कपुरले भने आफू बरु झिं गा भएर उड्ने जवाफ दिएकी थिइन् । यही कुराकानी बीचमा करिनालाई उही प्रश्न तर यस पटक सैफ अली खान र साहिद कपुरको नाममा सोधिएको थियो ।
जसको जवाफमा करिले भनेकी थिइन्, ‘म उनीहरुलाई रंगुन फिल्ममा मलाई किन लिएनौ भनेर प्रश्न गर्ने थिएँ ।’ सन् २०१७ मा रिलिज भएको फिल्म ‘रंगुन’मा सैफ अली खान, साहिद कपुर र कंगना रनावतको मुख्य अभिनय थियो ।


