देशको राजनीति कुबाटोबाट हिँडाउन खोजिएको आरोप

भदौ १५ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाउनुभएको छ ।

चिनियाँ कम्पनीका कारण बाटो अलपत्र ; ठेक्का मात्र दिदै सरकार


नेकपा एमाले झापा काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा ओलले स्वार्थहरुका पोका एक ठाउँ भेला पारेर अहिलेको सरकार गठन गरिएको र राजनीतिलाई पनि कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाउनुभएको हो ।

ओलीले अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार र कुवाटोमा गाडी कुदाउने ड्राइभर उस्तै भएको तर्क गर्नुभयो  । त्यस्तै ओलीले अहिलेका सभामुख राजमार्गबाट हिँड्न नमानेको जिकिर गर्दै निर्वाचन आयोगले पनि सडक छाड्न खोजेको बताउनुभयो ।

उहाले पछिल्लो समय अदालतले बाटो बिराउदै गएको उल्लेख गर्नुभयो । उहाले गठबन्धनको गठजोड चुनावमा गएपछि देखिने बताउनुभयो । अहिले मुलुकमा अलोकतान्त्रीक जस्तो अभ्यास भइरहेकाले चिन्ताका बिषय भएको उहाको भनाई छ ।

कार्यक्रममा सि डिभिजन छनौट खेल्न आएका झापाका फुटबल टिमलाई आर्थिक सहयोग गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments