कलाकारिताको क्षमता प्रर्दशन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु कलाकार सन्दिप बिसी ।

नेपालगन्ज – खजुरा गाउँपालिका वडा नं. ४ का सन्दिप बिसीको नृत्य मोह उत्कृष्ट बन्दै गएको छ । सानै उमेरदेखि कलाकारिता क्षेत्रमा रुची राख्ने बिसीले अहिले सपना सकार हुदै छ । थारु भाषाको गितबाट म्युजिक भिडियोमा जमेका कलाकार बिसी अहिले धमाधम भोजपुरी र नागपुरी म्युजिक भिडियोमा खेल्ने अवसर पाउदै हुनुहुन्छ । पारिवारिक समस्या रहेका बिसीले कलाकारिता क्षेत्रमा जमेर र केही गरेर देखाउने बताउनुहुन्छ । आफ्नो पहिले देखिको रुची भएको हुनाले अरु काम छोडेर पनि अवसर पाएको ठाउँमा मेहनतका साथ लगनसिल भएर काम गर्ने बताउनुहुन्छ ।

अग्रज गुरुहरुको सल्लाह बमोजिम अगाडी बढिरहेका बिसी घरायसी समस्याले केही बर्षको लागि विदेशमा पनि गएको बताउनुहुन्छ । आफु इमान्दार भए जहाँ पनि अवसर पाउने भएको हुनाले सोही अनुसार काम गरिरहेको उहाँले बताउनुहुन्छ । थारु जगतमा केही नयाँपन ल्याउने सोचका साथ अगाडी बढेको छु सबैको साथ सहयोग अति आवश्यक रहेको छ उहाँले भन्नुभयो । सानैदेखि शिक्षासंगसंगै डान्सर मोह उत्कृष्ट बन्दै गएपछि बिसी चर्चामा आउन सफल भएको बताउनुहुन्छ । कलाकारिता क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ संघर्षरत बिसी एक कुशल कलाकार बन्ने बताउँनुहुन्छ । आफुलाई राम्रो नृत्यकारको रुपमा चिनाएर कुशल अभिनयको साथमा सम्पूर्ण नेपाली बीच आफ्नो राम्रो छबि बनाउन चाहने बिसी आफैमा राम्रो कलाकार बन्न चाहनुहुन्छ ।

आकर्षित मुहार, शरीर तथा हासी रहने शालीन स्वभाबका बिसी सानै उमेरदेखि नृत्यमा त्यतिकै अभिनय गर्ने आफुलाई अब्बल दर्जामा राख्न प्रयासरत रहेको बताउँनुहुन्छ । नृत्य गरेरै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो कलाकारिताको क्षमता प्रर्दशन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु कलाकार बिसीले भन्नुभयो । मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानुपर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ बिसीले भन्नुभयो । जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडी बढ्नु नै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढ्ने कुरा बिसी बताउँनुहुन्छ । म नेपाली कला जगतमा केही गरेर देखाउन चाहन्छु । आपÞm्नो परिवार अनि समाजको नाम राख्न चाहन्छु । डान्समा राम्रो क्षमता भएका बिसीले अवसर पाएका धेरै ठाउँबाट उत्कृष्ट हुन सफल भएको बताउनुहुन्छ । डान्समा केही गर्न चाहन्छु ।

आपÞm्नो क्षमतामा झन निखारता ल्याउन चाहन्छु बिसीले भन्नुभयो । विद्यालय स्तरबाटै सुरु गरेका बिसी अहिले डान्समा अव्वल मान्निन्छन् । त्यसपछि जे गरें, म आफ्नै मेहनत र प्रयासले गरेको छु बिसीले भन्नुभयो । मेला महोत्सव आयोजना हुने कार्यक्रम देखि गाउँघरमा हुने कुनैपनि खालका स्टेज कार्यक्रममा बिसीको प्रस्तुती अनिवार्य हुन्छ । बिसीले धेरै डान्स शोहरुमा सहभागीता जनाएर राम्रो अनुभव संगाल्ने मौका पाएका छन् । थारु भाषाको म्युजिक भिडियो र नेपाली कल्चरल नृत्यमा बढी रुचि राख्ने बिसीले सबैखालका नृत्यमा राम्रो दख्खल छवि रहेको छ । हिपपप, मोर्डन कल्चरल देखि क्लासिकल र आधुनिक नृत्यमा बिसीले राम्रै अभ्यास गरेको बताउँछन् । लामो समयको अनुभवलाई बिसीले बाँकेको राप्तीसोनारी गाउँपालिकामा डान्स एकेडेमी संचालन गरेका छन् । केही नयाँपन र थारु संस्कृतिलाई बचाउन मेरो अभिभावक थारु चर्चित गायक विश्व सागर परियारको ठुलो हात रहेको बिसी बताउनुहुन्छ । बिसीले एकपछि अर्को नागपुरी भाषाको म्युजिक भिडियोको अवसर पाउँदै हुनुहुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments