नेपालमा हिन्दु राष्ट्रका लागि कम्युनिस्ट छोडेर राप्रपामा गफार खाँ ( चाँद) प्रवेश

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले मुलुकमा धर्मनिरपेक्षतालाई लादेर संस्कृति मेटिदै गएको बताएका छन् ।

राप्रपाका नेता एवं नेपालगञ्ज ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाको पहलमा नेपालगञ्जका व्यापारी गफार खाँ ( चाँद) लाई राप्रपा पार्टीमा प्रवेश गराउदै राणाले अहिलेको कानूनमा धर्म परिवर्तन गराउनु बर्जित र दण्डनीय भए पनि त्यस्तो कार्यमा लाग्नेलाई कारवाही नभएको बताए । 

पार्टी प्रवेश गरेका खाँले ‘कति मस्जिद टुट्यो, कति मन्दिर टुटे, कति गुम्बा टुटे, तर आजसम्म एकजनालाई पनि कारवाही भएन, ’उनले भने । हिन्दु मुस्लिम मिलेर बस्दै आएको र दुई समुदायबीच कुनै द्वन्द्व नभए पनि आजको अवस्थामा कम्युनिष्ट भन्नेहरुले द्वन्द्व  सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाए । उनले हिन्दु राष्ट्र कायम गराउनका लागि राप्रपा प्रवेश गरेको जिकिर गरे ।

खाँले भने ‘विश्वमा एक मात्र हिन्दु राष्ट्र नेपाल भन्न पनि गर्व हुन्थ्यो, विश्वमै यसले एउटा पहिचान दिलाउँथ्यो, त्यसैले हाम्रो संस्कृति र सभ्यताको संरक्षण गर्नुपर्छ,’ । धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापना गर्न तर्फ लाग्न सम्पुर्ण मुसलमानलाई आग्रह गर्नु भयो । 

राप्रपाका केन्द्रीय सदस्य ऋषि देवकोटाले, ‘हामीलाई राजतन्त्र चाहिन्छ, सक्रिय राजतन्त्र होइन, आंलकारिक राजाको रुपमा चाहिन्छ,, सांस्कृतिक राजाको रुपमा चाहिन्छ ताकि हाम्रो देशमा राजा रहुन् ।’

मुस्लिमहरु संग आफ्नो लगाव रहेको र मुस्लिमहरुलाई केही समस्या पर्दा सहयोग गर्न तयार रहेको मेयर राणाले प्रतिबद्धता गरेका थिए । ‘राजनीति आफ्नो ठाउँमा छ, विकास निर्माण कार्यमा यहाँ उभिन्छु, नेपालगञ्जको विकासमा मेरो योगदान रहनेछ, नेपालगञ्जका मुस्लिम मधेशीहरुलाई लक्षित गरि क्याम्पस संचालन गर्न लागेको बताए । 

यता राप्रपा प्रवेश गरेका खाँलाई नेपालगञ्ज ४ को कोषाध्यक्षको जिम्मेवारी पार्टीले दिएको छ । पार्टी प्रवेश कार्यक्रममा राप्रपाका नेताहरुको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments