चिनियाँ बिआरआई परियोजनाबाट पृथ्वीमा गम्भीर संकटको खतरा , पर्यावरणमा समेत असर

चीनभित्र हरित लगानीमा जोड दिने, चीनबाहिर कोइला ऊर्जा निर्यात गर्ने गरेको आरोप लागेको छ
भदौ २४ गते बिहिबार । चीनले विश्वका पाँचवटा महाद्वीपमा सञ्चालित बेल्ट रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गतका ऊर्जा परियोजनाहरूमध्ये ९० प्रतिशतले अत्यधिक कार्बन उत्सर्जन गरिरहेको विभिन्न अनुसन्धानले देखाएका छन् । चीनभित्र वातावरणमैत्री पूर्वाधार निर्माण भइरहेको र चीनबाहिर भने उसैले अत्यधिक कार्बन उत्सर्जन गर्ने परियोजनाहरूमा लगानी गरेको वातावरणविद्हरूले आरोप लगाएका छन् ।

चीनको यस्तो भूमिकाले पर्यावरणीय गिरावट र जलविद्युत् परिवर्तन थप बढाउन भूमिका निर्वाह गरेको अध्ययनले देखाएको छ । पाँच महाद्वीपमा फैलिएको बिआरआई परियोजनाबाट पृथ्वीमा गम्भीर नकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ ।

कोइलाबाट विश्वको कार्बन उत्सर्जन ४६ प्रतिशत भएको छ भने विद्युतीय क्षेत्रबाट ७२ प्रतिशत देखिएको छ । बिआरआईका परियोजनाहरूले पर्यावरणसम्बन्धी मापदण्ड पूरा नगरेको देखिएको छ । पर्यावरणसम्बन्धी दिशानिर्देशन चिनियाँ परियोजनाहरूले पालना गरेका छैनन् ।

वुडरो विल्सन सेन्टर नामको थिंकट्यांकअन्तर्गतको चाइना इन्भायरनमेन्ट फोरम (सिइएफ)का निर्देशक जेनिफर टर्नरले भनेका छन्, ‘चीनको विकास मोडलका नाममा उसले जे बेचिरहेको छ, त्यो ऊर्जा प्रभावी छ ।’

इन्डोनेसिया, इजिप्ट, बंगलादेश, भियतनाम, टर्कीलगायत यस्ता मुलुक हुन् जहाँ बिआरआईअन्तर्गत कोइलामा आधारित ऊर्जा उत्पादन संयन्त्रको योजना बनिरहेको छ । बंगलादेशमा बिआरआईअन्तर्गतको एसएस पावर वन प्लान्टले स्थानीय जैविक विविधता प्रभावित गरिरहेको मात्र छैन स्थानीय जीविकोपार्जन पनि प्रभावित बनाइरहेको छ ।

‘बढेको कोइला उत्सर्जनका माध्यमबाट जलवायु परिवर्तनको नकारात्मक प्रभाव पनि बढाइरहेको छ । दक्षिण–पूर्वी एसियालाई पनि प्रभावित तुल्याएको छ । त्यहाँ जैविक विविधिता तथा लोपोन्मुख प्रजाति थप संकटमा परेका छन्,’ सिइएफले हालै सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।

चिनियाँ बैंकहरूले चीनबाहिरका ६० वटा कोइलामा आधारित प्लान्टहरूमा लगानी गरेका छन् । सबैले करिब दुई सय ७६ मेमागट कार्बनडाइअक्साइड प्रतिवर्ष उत्सर्जन गरिरहेका छन् । यो पूरै स्पेनले एक वर्ष कार्बन उत्सर्जन गरेबराबर परिमाण हो । चीनभित्र हरित लगानीमा जोड दिने, चीनबाहिर कोइला ऊर्जा निर्यात गर्ने गरेको आरोप लागेको छ ।

वातावरणविद् योसी कादान भन्छन्,‘चीन उसको देशभित्र पेरिस वातावरण सम्झौताको मापदण्ड पूरा गर्दछ, तर देशबाहिर भने उसले वातावरण सम्झौताको प्रतिकूल हुने गरी कोइलामा आधारित परियोजनाहरूमा लगानी गरिरहेको छ । यसले विश्वव्यापी कार्बन उत्सर्जन घटाउने अभियानमा चुनौती थपेको छ ।’नयाँपत्रिकामार्फत

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments