थारू समुदायको अटवारी पर्ब , कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा

भदौ २७ गते २०७८ आइतबार । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिएको छ । थारू समुदायको अटवारी पर्बलाई ध्यानमा राखी बिदा दिएको हो । थारु समुदायले दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाउने गर्छ्न ।
आज थारू समुदायको अटवारी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

गत वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार दुई जिल्लामा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार अघिल्लो वर्ष अटवारीको अवसरमा प्रदेश सरकारले प्रदेशका नौ वटै जिल्लामा बिदा दिएको थियो ।

यस वर्ष भने कैलाली र कञ्चनपुरमा मात्रै बिदा दिइएको छ ।
आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व सकिन्छ। यसबाट दाजुभाइ तथा दिदीबहिनी बीच स्नेह र ममता प्रगाढ हुने विश्वास थारू समुदायमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments