१६ चैत्र २०८०, शुक्रबार

बुटवल-नारायणगढ सडक बिस्तारको काम कछुवाको गतिमा

एसीपी संवाददाता

२७ भाद्र २०७८, आईतवार १३:०० मा प्रकाशित

भदौ २७ गते २०७८ आइतबार ।  बुटवल-नारायणगढ सडक बिस्तार आयोजनाको काम कछुवाको गतिमा अघि बढेको छ । शिलान्यास भएको लामो समय पुग्‍नै लाग्दासमेत सडक बिस्तारको कार्य जम्मा जम्मी ८ प्रतिशतको हाराहारी सम्म पुग्न नि धौ धौ भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गरेपछि सुरु भएको बिस्तारको काम अहिलेसम्म ८ प्रतिशत मात्र काम सकिएको श्रोतले जनाएको छ । निवर्तमान प्रधानमन्त्री ओलीले बुटवलबाट शिलन्यास गरेको सडक निमार्णका जटिलताका विषयमा राज्य संयन्त्रकै असहयोग देखिएको । त्यसो त अहिले कोभिड पनि बहाना बनेकाे छ ।
नारायणगढ-बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कूल १ सय १३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटदेखि दाउन्‍नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्‍नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको थियो । दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले काम गर्ने जिम्मेवारी लिएको हो ।
नारायणगढ-बुटवल सडक आयोजना अन्तर्गत खण्ड ‘क’का सूचना अधिकारी इन्जिनियरका अनुसार । स्थानान्तरणको काम सकिएको भए धेरै प्रगती हुने थियो । खासगरि सडक विस्तार क्षेत्रका रुख कटानको कामले निकै समस्या श्रृजना गरेको थियो । अहिले चीन जिम्मा लिएको कार्य ढिलाई भएकै कारण नेपाली जनता दुख पाई रहेको समेत स्थानीयहरुको गुनासो छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x