सनराईज युथ सिरहा संजाल” द्वारा दुई कार्यक्रम काे आयोजना

२०७८/०५/२९ गते ५७औ राष्ट्रिय बालदिवस काे उपलक्ष्मा “सनराईज युथ सिरहा संजाल” द्वारा दुई कार्यक्रम काे आयोजना गरि बालदिवस मनाइयो । पहिलो कर्यक्रममा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरियो । उक्त कार्यक्रम श्री जनता प्राथमिक विद्यालय, टोडके काे प्राङ्गणमा मा आयोजना गरेको थियो।

दोश्रो कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता काे आयोजना गरेको थियो। उक्त कार्यक्रम श्री जनता माध्यमिक विद्यालय, गोलबजार ना. पा.०३ काे प्राङ्गण मा आयोजना गरेको थियो। यस कार्यक्रम “सनराइज युथ सिरहा संजाल”काे पदाधिकारी र सदस्यहरु शोभा साह, पारस जयसवाल, अर्चाना साह , , रन्जीता सिंह ,सुरेश सिंह ,सुनिता साह,आकाश कुशवहा , श्रीदेव राम लगायत सरस्वती मा . बि जम्दह का प्रधानाध्यापक सन्जिब साह,गोलबजार न.पा वडा ३ का वडा अध्यक्ष धन प्रसाद मोक्तान,मुक्ति नेपालका कार्यकारी निर्देशक श्याम कुमारी साह,सरस्वती मा . बि जम्दहका उप-प्रधानाध्यापक हिरेन्द्र बिष्ट, सरस्वती मा . बि जम्दहका शिक्षक राम सेवक साह तथा स्थानीय बुद्धिजिवि हरु को उपस्थित मा सम्पन्न भयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments