२९ आश्विन २०८३, बिहीबार

एमसीसी लागु गराउन प्रचण्डको बर्गेनिङ ; आतंककारी’ बिल्ला र कालो धनमाथिको प्रतिबन्ध फुकुवा

एसीपी संवाददाता

२ आश्विन २०७८, शनिबार १५:५३ मा प्रकाशित

२ गते असोज २०७८ शनिबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गराउन अमेरिकासँग व्यक्तिगत सहयोग मागेको तथ्य बाहिर आएको छ ।

नेपालमा एमसीसी ल्याउन प्रचण्डले नै पहिलोपटक प्रधानमन्त्री हुँदा प्रक्रिया सुरु गरेका थिए । पछि त्यसलाई बाबुराम हुँदै माधव नेपाल झलनाथ खनाल हुँदै शेरबहादुर देउवाको पालामा सम्झौतामा हस्ताक्षर भयो । तर अहिले तिनै प्रचण्ड र माधवहरु आफ्नो स्वार्थका लागि, राष्ट्रवादको सस्तो लोकप्रियताका लागि एमसीसीको विरोधमा उत्रिएका छन् । देउवासामु एमसीसी पास गर्ने प्रतिबद्धता जनाएर गठबन्धन बनाएका नेताहरु अहिले विरोधमा उत्रिएपछि देउवा पनि असन्तुष्ट छन् ।

एमसीसीको प्रक्रिया अगाडि बढाउनेहरु नै विरोध गर्न थालेपछि भदौ अन्तिम साता एमसीसी ग्लोबल उपाध्यक्ष फातिमा सुमारको नेतृत्वमा प्रतिनिधिमण्डल नेपाल आयो । सुमारले एमसीसीबारे फैलिएका भ्रम स्पष्ट पार्ने प्रयास गरिन् । तर उनको भ्रमणबाट के पत्ता लाग्यो भने प्रचण्ड माधवहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि एमसीसीलाई राजनीतिक मुद्दा बनाएका रहेछन् । राजनीतिमा गिजोलेका रहेछन् ।

फातिमाले नेपाल आएर केपी ओली, प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा, उपेन्द्र यादव र बाबुराम भट्टराईसँग भेट गरिन् । प्रचण्ड र माधवबाहेक सबैले पारित गर्ने प्रतिबद्धता जनाए । तर यी दुईले भने विभिन्न प्रश्न उठाएर अल्झाए । अझ प्रचण्डले त आफूलाई सहयोग गरे एमसीसी पारित गर्ने पूरा जिम्मेवारी लिने घोषणा समेत गरिदिए ।

एमसीए नेपालका पदाधिकारीबाट प्राप्त जानकारीअनुसार प्रचण्डले आफूमाथि अमेरिकाले लगाएको आतङ्ककारीको बिल्ला पूर्णरूपले खारेज गर्नुपर्ने, दुबई र सिंगापुरस्थित बैंकहरूमा रहेको खातामाथि एफबीआई (फेडरल ब्युरो अफ इन्भेष्टिगेसन)ले लगाएको प्रतिबन्ध खुला गरे आफूले एमसीसीमा पूरा सहयोग गर्ने प्रस्ताव गरेका थिए ।

अमेरिकाले आतंकवादीबाट पूर्ण रुपमा नहटाउँदा प्रचण्डले विदेश युरोप अमेरिका भ्रमणमा जान पाएका छैनन् । युद्ध अपराधमा थुनिने डर उनलाई रहँदै आएको छ । प्रचण्डविरुद्ध हेगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था तथा मानवअधिकारवादी सङ्गठनहरूका साथै विभिन्न व्यक्तिविशेषद्वारा लगाइएका लगभग चार सय जति मुद्दा विचाराधीन छन् । अधिकांश मुद्दाका आवेदकहरूले प्रचण्डलाई अन्तर्राष्ट्रिय आतंककारी भन्दै फाँसी सजायको माग गरेका छन् ।

त्यसैगरी जनयुद्धका बेला बैंकहरूबाट लुटिएको, विभिन्न उद्योगपति–व्यापारीहरूसँग जबर्जस्ती असुल गरिएको र अयोग्य लडाकु समायोजनका क्रममा घोटालासमेत गरी करिब ३९ अर्बभन्दा बढी पैसा प्रचण्डले विदेशी बैंकमा अवैधानिक कालो धन राखेको तथ्यांक अमेरिकासँग रहेको बताइन्छ ।

यस्तोमा प्रचण्डले यी कुराहरुबाट उन्मुक्ति पाउन एमसीसीलाई भर्याङ बनाएको खुलेको हो । एमसीसी उपाध्यक्ष फातिमाले प्रचण्डका प्रस्तावमा सम्बन्धित निकायसम्म पुर्याइदिने आश्वासन दिएको एमसीए नेपालका एक पदाधिकारीले दाबी गरे ।

चीनसँग नतमस्तक प्रचण्डले एमसीसीमा अमेरिकासँग बार्गेनिङ गरेर आतङ्काकारी बिल्ला हटाउने र आफूलाई स्वच्छ, स्वतन्त्र र बलियो तुल्याउने रणनीति लिएका छन् । यो सफल भएमा फेरि चीनसँगै मिलेर अघि बढ्ने र अमेरिकालाई बाइपास गर्ने रणनीतिमा प्रचण्ड अघि बढ्ने उनलाई चिन्ने कुटनीतिक मामिलाका जानकारहरु बताउँछन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x