२९ आश्विन २०८३, बिहीबार

चिनियाँ राजदूतलाई चीनको सिन्जियाङ्सम्बन्धी विषयमा आयोजित बैठकमा जान रोक

एसीपी संवाददाता

२ आश्विन २०७८, शनिबार २३:५८ मा प्रकाशित

२ गते असोज २०७८ शनिबार । बेलायती संसद्को ‘अल पार्टी ग्रुप अन चाइना’सम्बन्धी बैठकमा सहभागी हुन चिनियाँ राजदूत झेङ झेगुयाङ्लाई बुधबार रोक लगाइएपछि बेलायत र चीनको सम्बन्ध चिसिएको छ। चीनले बेलायतका सात सांसदलाई प्रतिबन्धित सूचीमा राखेको प्रतिरोधमा बेलायतको संसद्ले चिनियाँ राजदूतलाई चीनको सिन्जियाङ्सम्बन्धी विषयमा आयोजित बैठकमा जान रोक लगाएको हो। चीनले यो निर्णयको कडा विरोध गरेको छ भने बेलायतले बचाउ गरेको छ।

बेलायतको हाउस अफ कमन्स (तल्लो सदन)का सभामुख लिन्डसे होयलले चिनियाँ राजदूतलाई संसदीय बैठकमा सहभागी हुन रोक लगाएका छन्। उनको निर्णयमा हाउस अफ लर्डस् (माथिल्लो सदन)का सभामुख जोन म्याकफेलले समर्थन जनाएका छन्। ‘हाम्रा सातजना सांसदलाई प्रतिबन्धित सूचीबाट हटाएपछि यस्ता बैठकमा चिनियाँ राजदूतलाई बोलाउन सकिन्छ। तर, अहिले उनलाई बोलाउनु हाम्रो संसद्को अपमान हो,’ हाउस अफ कमन्सका सभामुख होयललाई उदृत गर्दै छ गार्जियनले समाचार प्रकाशित गरेको छ।

यसअघि बेलायत, क्यानाडा, अमेरिका, युरोपियन युनियनले सिन्जियाङ प्रान्तमा मानवअधिकारसँग सम्बन्धित विषयमा सात चिनियाँ अधिकारीहरूलाई प्रतिबन्धित सूचीमा राखेका थिए ।

चीनले बेलायती संसद्को निर्णयलाई भिडन्तको निमन्त्रणा भन्दै कडा प्रतिवाद गरेको छ। ‘चिनियाँ राजदूतलाई रोक लगाउने निर्णय भिडन्तको निम्ता हो। यो निर्णय चिनियाँ र बेलायतका जनताको आधारभूत हित र चाहनाको विपरीत छ,’ बेलायतस्थित चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अन्तराष्ट्रिय प्रोटोकलको पनि उल्लंघन हो ।’

बुधबार चिनियाँ राजदूतलाई बोलाएको संसदीय समूह चीनप्रति सकारात्मक धारणा राख्ने सांसदहरूको समूह हो । अल पार्टी एमेन्टरी ग्रुप (जसले चिनियाँ राजदूतलाई बोलाएको थियो)का सभापति रिचार्ड ग्राहमले छलफलपछि सरेकोमा क्षमा मागेका छन्। कन्जर्भेटिभ पार्टीका सांसदले चिनियाँ राजदूतलाई बैठकमा रोक लगाउने निर्णयको स्वागत गरेका छन् । एजेन्सीहरु को सहयोगमा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x