३ आश्विन २०८३, शनिबार

पैसा कमाए इज्जत गुमाए शाहरुख , आर्यन खान ३ दिन जेलमै

एसीपी संवाददाता

१९ आश्विन २०७८, मंगलवार ११:२४ मा प्रकाशित

१९ गते असोज २०७८ मंगलबार । लागुपदार्थ कारोबारको आरोपमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन आगामी तीन दिनसम्म नार्कोटिक कन्ट्रोल ब्यूरोको हिरासतमा रहने भएका छन् ।

किला अदालतमा सोमबार भएको सुनुवाइमा ब्यूरोले सात दिनको समय माग गरे पनि अनुसन्धानका लागि अदालतले तीन दिनको समयसीमा दिएको हो । आर्यनको फोनमा अन्तर्राष्ट्रिय लागुऔषध कारोबारसँग सम्बन्धित तस्वीर र सामग्री भेटिएको ब्यूरोको दाबी छ ।

ब्यूरोको हिरासतमा आर्यनन खान र अरबाज मर्चेन्टसँग सोधपुछ गरिएको थियो । सोधपुछपछि ब्यूरोले फरक–फरक स्थानबाट कैयौंलाई पक्राउ गरेको थियो ।

आर्यनमाथि लागु औषध सेवन, कारोबार गरेको आरोप लगाइएको छ । तर, उनका वकिलले भने आर्यन लागु औषध सेवन नगरेको दावी गर्दै आइरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x