२० कार्तिक २०८३, बिहीबार

अध्यक्ष उपेन्द्र यादवको विरोध पुत्ला जलाउदै मधेश बिरोधि यादव राजीनामा देउ

एसीपी संवाददाता

२३ आश्विन २०७८, शनिबार १३:०४ मा प्रकाशित

२३ गते असोज २०७८ शनिबार । सांसद् प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै जनता समाजवादी पार्टीका कार्यकर्ताले पार्टी अध्यक्ष उपेन्द्र यादवको विरोधमा पुत्ला जलाएका छन् ।

’उपेन्द्र यादवलाई पर्सामा निषेध’, ’पर्सावासीलाई ठग्न पाइँदैन’ जस्ता प्लेकार्ड बोकेर जसपाका कार्यकर्ताहरुले शनिबार वीरगन्जको घन्टाघरमा विरोध प्रदर्शन गरेका थिए ।
पर्सा क्षेत्र नम्बर १ का निर्वाचित् सांसद यादवको नाममा मन्त्री सिफारिस नगरेकाले आक्रोशित कार्यकर्ताले शुक्रबार साँझ पनि पार्टी अध्यक्षको पुत्ला जलाएका थिए ।

मधेस आन्दोलनको केन्द्रविन्दु मानिएको पर्सालाई यसअघि जसपाले प्रादेशिक राजधानी बनाउने र अहिले मन्त्री बनाउने क्रममा पन्छाएको भन्दै कार्यकर्ताले अध्यक्षको विरोध गरेको जनाएका छन् । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x