४ आश्विन २०८३, आईतवार

भारतको नेसनल डिफेन्स कोर्सको अधिकृतको टोलिद्वारा सेनाको जंगी अड्‍डाको भ्रमण

एसीपी संवाददाता

३ कार्तिक २०७८, बुधबार ०१:२२ मा प्रकाशित

३ गते कार्तिक २०७८ । नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कोर्स – २०२१ को अधिकृतहरुले मंगलबार नेपाली सेनाको मुख्यालय जंगी अड्‍डाको भ्रमण गरेका छन् । जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्मासँग उक्त भ्रमणदलका प्रमुख रिअर एडमिरल धिरेन भिगले शिष्टाचार भेट गरेका थिए ।
उक्त टोलीलाई नेपाली सेनाको गतिविधिबारे जानकारी दिने र अन्तरक्रिया गर्ने कार्य भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्भव पौडेलले जानकारी दिए । कार्यक्रमको शुरुमा प्रधान सेनापति शर्माले आफ्नो स्वागत मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई देशका सेनाबीच रही आएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षिय सुरक्षा चासोका विषयहरुको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
उनीहरु गत असोज ३१ गते नेपाल आएका थिए । अध्ययन टुरमा आएका उक्त टोलीमा अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंका शिक्षार्थी पनि सामेल थिए ।
यसैबीच सेनाको सो टोलीले मंगलबार नै रक्षामन्त्री डा. मिनेन्द्र रिजालसँग पनि भेट गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x