साइबर सुरक्षा, साइबर अपराधका विषयमा मिलेर काम गर्न भारत र न्युजिल्यान्ड सहमत
२ गते मंसिर २०७८ बिहीबार । भारत र न्यूजिल्याण्ड बुधबार साइबर सुरक्षा, साइबर अपराध र क्षमता निर्माण जस्ता क्षेत्रमा घनिष्ठ सहयोगमा काम गर्न सहमत भएका छन्। भारतका परराष्ट्र मन्त्रालयले सो जानकारी दिएको हो । बुधबार सम्पन्न दुईदिने डिजिटल संवादमा दुई देशबीच साइबर क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । भारत-न्युजिल्याण्ड द्विपक्षीय साइबर संवादको दोस्रो संस्करणले साइबर क्षेत्रमा हालको सहयोगका विभिन्न आयामहरूबारे छलफल गरेको र यसलाई अगाडि बढाउन सहमत भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘साइबर वार्ताका क्रममा दुई देशबीच साइबर क्षेत्रमा हालको द्विपक्षीय सहयोगका विभिन्न पक्षहरू र साइबर मुद्दामा हालै भएका घटनाक्रमका बारेमा विचार आदानप्रदान भएको थियो। क्षेत्रमा थप सहयोग अभिवृद्धि गर्ने सम्भाव्यताहरू विचार गरियो। दुवै पक्षले साइबर सुरक्षा, साइबर अपराध र क्षमता अभिवृद्धि जस्ता क्षेत्रमा घनिष्ट सहकार्यका साथ काम गर्न सहमत भएका छन् र आपसी हितका विविध विषयमा भारत र न्युजिल्यान्डले छलफल गरेका छन् ।


