२१ कार्तिक २०८३, शुक्रबार

भारतीय विदेशमन्त्री जयशंकरले अफगानिस्तानमा मानवीय सहायताको आवश्यकताको जिकिर

एसीपी संवाददाता

५ पुष २०७८, सोमबार ०३:२८ मा प्रकाशित

०५ गते पौष २०७८ — अफगानिस्तानका जनतालाई सहयोग गर्नका लागि उपाय खोज्नुपर्ने भारतीय उच्च अधिकारीले बताएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले अफगानिस्तानमा समावेशी सरकारको आवश्यकता औंल्याउँदै यस्तो बताएका हुन् ।

 

आइतबार नयाँदिल्लीमा आयोजित मध्य एसिया संवादको क्रममा भारतीय विदेशमन्त्री जयशंकरले अफगानिस्तानमा मानवीय सहायता आवश्यक रहेको बताए । भारतले आयोजना गरेको उक्त संवाद कार्यक्रममा काजाकिस्तान, किर्गीज रिपब्लिक, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका प्रतिनिधिहरू सहभागी थिए ।

अफगानिस्तानसँग भारतको चासो र उद्देश्यहरू समान भएको भन्दै विदेशमन्त्री जयशंकरले दुई देशबीचको ऐतिहासिक सम्बन्धबारे पनि प्रतिक्रिया दिएका थिए । ‘अफगानिस्तानसँग हाम्रो गहिरो ऐतिहासिक र सभ्यताको सम्बन्ध छ। साथै हाम्रा चासो र उद्देश्यहरू समान छन्,’ तेस्रो संवाद कार्यक्रममा एस जयशंकरले बताए ।” एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x