किसानलाई मल उपलब्ध गराउन नसकिने मन्त्रीको भनाई
०८ गते पौष २०७८ । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले रासयनिक मलको विकल्पमा प्राङगारिक मल प्रयोग गर्न सुझाव दिनुभएको छ ।
मन्त्री यादवले रासायनिक मलको अभाव तत्काल समाधान गर्न तत्काल सम्भव नभएकाले प्राङगारिक मल प्रयोग गर्न किसानलाई सुझाव दिनुभयो । रासायनिक मलको अभाव कम गर्न जिटूजी माध्यम उपयुक्त भएपनि धेरै देशलाई पत्राचार गर्दासमेत अहिले कोही तयार नरहेको उहाँको भनाइ छ । यादवले अन्तर्राष्ट्रिय बजारमा पनि मलखादको अभाव रहेकाले किसानको मागअनुसार पूर्ति गर्न नसकेको बताउनुभयो ।
यादवले पछिल्लो समय नेपालमा पशुसेवा र कृषिमा नागरिकहरुको आकर्षण बढिरहेको भन्दै कृषिलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनु भयो । कृषिलाई आत्मनिर्भर बनाउन सरकारले २० वर्षे नीति लिएको भन्दै उहाँले निजी, सहकारी र सरकारी क्षेत्रलाई व्यवस्थित बनाएर अघि बढे सफल भइने दाबी गर्नुभयो ।
चीनले नेपालमा रासायनिक मल आपूर्तिमा प्रतिबन्ध लगाउदा किसान मर्कामा
यादवले पशु चिकित्सकहरुले सरकारबाट पाउनुपर्ने कानुनी सुविधा उपलब्ध गराउन मन्त्रालयले पहल गर्ने भन्दै कृषिसम्बन्धी औषधिहरु उत्पादन गर्न प्रविधिक जनशक्ति खटाउने सोचमा सरकार रहेको जानकारी दिनुभयो ।


