लोकतन्त्रसँग गाभिएर आएको धर्मनिरपेक्ष राज्यको प्रावधानले ८१ प्रतिशत हिन्दु, १३ प्रतिशत बौद्ध र ३ प्रतिशत किराँत धर्म मान्ने नागरिकहरूको भावनामा प्रहार गर्दै प्रलोभनका आधारमा धर्म परिवर्तन गराइएकाहरूको स्वार्थको पक्षपाती भएको छ । अन्ततः धर्म परिवर्तन गरेर इसाई भईटोपलेकाहरूलाई पनि त्यसले भलाइ गर्दैन । तिनीहरू प्रार्थना र भजन गाउन उपयोग हुने मात्र हुन् । भलाइ तिनीहरूको होला, जसलाई धर्मनिरपेक्ष नेपाल चाहिएको छ । नेपालमा इसाई विस्तार साम्राज्यवादको एक छदम अवतारका साथ भइरहेको छ ।
धर्मनिरपेक्ष राज्यको घोषणा गरेका बखत विशाल धनराशी खर्च भएको छ र त्यसको अनुचित लाभ त्यस्तो घोषणामा हात रहेकाहरूका खल्तीमा पुगेको छ । यसमा ‘होइन कि’ भनी प्रश्न र शंका गरिराख्नु पर्दैन । आज आएर धर्मनिरपेक्षताको दुरुपयोग गर्दै क्रिश्चियन चर्चहरू नेपालकै विरुद्ध, कतिपय मस्जिदहरू भारतका विरुद्ध र कतिपय गुम्बाहरू चीन विरोधी गतिविधिका अखडा भईरहेका गुनासो पनि सुनिने गर्छ ।
सबभन्दा आश्चर्यजनक पक्ष त के छ भने धर्मनिरपेक्ष राज्यको चर्को वकालत गर्ने (ए)माओवादी भित्रै इसाईहरूको दबदबा छ । धर्मनिरपेक्षताको सन्दर्भमा (ए)माओवादी त्यस्तो औजार भइरहेको छ, जसले साम्राज्यवादको विरोध गर्दागर्दै प्रकारान्तरले साम्राज्यवादको पक्षपोषण गरिरहेको छ । हिन्दु धर्म, मन्दिर, गुम्बा, मठ आदि धार्मिक संस्थाहरूमा त्यस पार्टीको हमलाले धर्मनिरपेक्षताको आवरणमा इसाई षड्यन्त्रकारीलाई तेल मालिस गरिरहेको छ । अतः (ए)माओवादीको धर्मनिरपेक्ष नेपालको स्वरुप, परिणाममुखी भएर इसाईहरूको हितमा समर्पित रहेको छ ।
नेपालको हकमा धर्मनिरपेक्षताले जनचाहना अनुरुप राज्यको चरित्र निर्धारण गर्दैन । माथि नै भनियो यो षड्यन्त्रपूर्वक नेपाली जनतामाथि लादिएको छ । धर्मनिरपेक्ष राज्यको घोषणा गरेका बखत विशाल धनराशी खर्च भएको छ र त्यसको अनुचित लाभ त्यस्तो घोषणामा हात रहेकाहरूका खल्तीमा पुगेको छ । यसमा ‘होइन कि’ भनी प्रश्न र शंका गरिराख्नु पर्दैन । आज आएर धर्मनिरपेक्षताको दुरुपयोग गर्दै क्रिश्चियन चर्चहरू नेपालकै विरुद्ध, कतिपय मस्जिदहरू भारतका विरुद्ध र कतिपय गुम्बाहरू चीन विरोधी गतिविधिका अखडा भईरहेका गुनासो पनि सुनिने गर्छ ।
तर धर्मप्रतिको अनुरागका कारण इसाई हुनेको संख्या बढेको होइन, प्रलोभन नै यसको मूख्य कारण हो । हिन्दु धर्ममा विद्यमान छुवाछुत प्रथाको कलंक, नेपाली समाजको गरिबी, बेरोजगारी, अशिक्षा आदि पनि यसका लागि उत्तिकै जिम्मेवार छन् ।
आज शहरी क्षेत्रका टोल–टोलमा पानी सरह पैसा बगाएर स्थापना गरिएका ‘मण्डली’ (चर्च) सञ्चालित छन् । तिनीहरूले शनिबार र आइतबार स्थानीय टोल वा मोहल्ला थर्काएर इसाई भजन गाएर अन्य जनसमुदायको दैनन्दिनीमा ठूलो व्यवधान खडा गरिरहेका छन् । देशभरिमा बाह्र हजार चर्चहरू सञ्चालित छन् । यी मूख्यतः प्रोटेष्टन चर्च हुन, क्याथोलिक चर्च नेपालमा कमै छन् । २००७ सालको जनक्रान्ति सम्पन्न भएका बेला नेपालमा जम्मा २५ जना इसाई थिए, आज इसाईहरूको संख्या १८ लाखभन्दा माथि पुर्याईएको छ ।
हो, मल्लकालमा काठमाडौंमा केपुचिन इसाईहरू रहेबसेका थिए । उनीहरूले यहाँको समाजमा विद्यमान धार्मिक अस्तित्व र मान्यतामा विचलन पैदा गरी धर्मका नाममा समाज भड्काउने काम गरेका हुनाले पृथ्वीनारायण शाहले उनीहरूलाई देश निकाला गरिदिएका थिए । आज पनि इसाई हर्कत र षड्यन्त्र चलिरहेको छ । उनीहरूको जोड धर्म परिवर्तन गराउनमै लागेको छ । स्वेच्छाले कुनै धर्म त्याग गर्नु र अर्को धर्म वरण गर्नु व्यक्तिको मौलिक तथा जन्मसिद्ध अधिकार हो । तर धर्मप्रतिको अनुरागका कारण इसाई हुनेको संख्या बढेको होइन, प्रलोभन नै यसको मूख्य कारण हो । हिन्दु धर्ममा विद्यमान छुवाछुत प्रथाको कलंक, नेपाली समाजको गरिबी, बेरोजगारी, अशिक्षा आदि पनि यसका लागि उत्तिकै जिम्मेवार छन् ।
बेलायतकी महारानी त्यहाँको एङ्गलिकन चर्चकी प्रमुख छिन् । त्यसैगरी डेनमार्क, स्वेडेन, नर्वेलगायत मुलुकहरूका राजतन्त्रको सम्बन्ध लुथरन चर्चहरूसँग छ । स्पेनमा राजाको सम्बन्ध क्याथोलिक चर्चसँग छ । अमेरिकी राष्ट्रपतिले शपथग्रहण गर्दा अमेरिकी संविधान छोएर होइन, बाइबल नै छोएर शपथग्रहण गर्छन् । अमेरिकी डलरमै ‘इन् गड वी ट्रस्ट’ लेखेर अमेरिकीहरूले आफ्नो राष्ट्र धर्मनिरपेक्ष नभएको देखाएको छ ।
नेपालमा इसाईहरूको संख्या बढाउनमा नर्वेका राजकुमार हाकुम माग्नुस् ‘गड फादर’ का रुपमा कार्यरत भएको निष्कर्ष छ । उनी २०६८ को मंसिर ५ गते नेपालको ४ दिने भ्रमणमा आएका थिए । नेपाल बसाइका बेला उनले भनेका थिए, ‘म यहाँका आदिवासीहरूलाई भेट्न चाहन्छु ।’ यो भनाइलाई नेपालमा आपत्तीजनक अर्थमा हेरियो । उनी ‘संवैधानिक संवाद केन्द्र’ नामक एक गैरसरकारी संस्थाको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए, जुन केन्द्रले संविधानसभामा जनजाति ककस्लाई लगानी गरेको थियो ।
इसाई धर्मावलम्बी मुलुकहरू जतिसुकै धर्मनिरपेक्षताको दाबी गरुन्, त्यहाँ इसाई धर्मका चालचलन हावी भएका छन् । बेलायतकी महारानी त्यहाँको एङ्गलिकन चर्चकी प्रमुख छिन् । त्यसैगरी डेनमार्क, स्वेडेन, नर्वेलगायत मुलुकहरूका राजतन्त्रको सम्बन्ध लुथरन चर्चहरूसँग छ । स्पेनमा राजाको सम्बन्ध क्याथोलिक चर्चसँग छ । अमेरिकी राष्ट्रपतिले शपथग्रहण गर्दा अमेरिकी संविधान छोएर होइन, बाइबल नै छोएर शपथग्रहण गर्छन् । अमेरिकी डलरमै ‘इन् गड वी ट्रस्ट’ लेखेर अमेरिकीहरूले आफ्नो राष्ट्र धर्मनिरपेक्ष नभएको देखाएको छ । युरोपजस्तो मुलुकमै ‘क्रिश्चियन डेमोक्रेटिक पार्टी’ लगायतका कन्जरभेटिभ पार्टीहरू जनतामा क्रियाशील छन् ।
हामी सोचौँ, नेपाललाई कसको लागि धर्मनिरपेक्ष राज्य बनाइएको हो । धर्मको आडमा विदेशी हस्तक्षेप बढ्न दिनु एक्काइसौँ शताब्दीको साम्राज्यवादलाई पृष्टपोषण गर्नु हो । नेपाली जनताको गरिबी, अशिक्षा र अनेकौं पछौटेपनबाट नाजायज मौका लिँदै धर्म परिवर्तन गराउने इसाई हर्कत मात्र क्रिश्चियनहरूप्रति नेपालीहरूको आपत्ति र गुनासो हो । नेपाल हिन्दु राज्य नै रहोस् भन्ने कामना नेपाली मात्रको होइन, विश्वभरिका दुई अर्ब हिन्दुहरूको चाहना हो । हामी अर्बौँको यो चाहनालाई कुल्चेर षड्यन्त्रकारीका देशद्रोहीपूर्ण खेलमा नलागौँ । नेपालबहस


