२० कार्तिक २०८३, बिहीबार

चीनमा फेरि कोरोना महामारी , सबैभन्दा धेरै संक्रमित

एसीपी संवाददाता

११ पुष २०७८, आईतवार ०२:३७ मा प्रकाशित

चीनमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ। विगतमा संक्रमितको संख्या घट्दै गए पनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन्।

पछिल्लो २४ घन्टामा १४० जना नयाँ संक्रमित भेटिएको पुष्टि गरिएको छ। तीमध्ये ८७ जना स्थानीय स्थानान्तरण र अन्य बाहिरबाट सरेको यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

कोरोना भाइरस सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्यूनीकरण भने अन्य देशमा भन्दा राम्रोसँग भएको थियो। सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोना भाइरसको पुष्टि चीनमा भएको थियो। सुरुमा उच्च सतर्कता गरेकाले चाँडो महामारी न्यूनीकरण गर्न सफल भएको चीनले कोरोना भाइरसविरुद्धको खोप पनि उत्पादन गरेको छ।

चीनमा उत्पादन गरिएको खोप अहिले विश्वका धेरै देशका नागरिकले लगाइसकेका छन्। अहिले फेरि संक्रमितको संख्या बढ्न थालेपछि सतर्कता पनि बढाउन थालिएको अधिकारीले जानकारी दिएका छन्। रासस/सिन्ह्वा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x