२१ कार्तिक २०८३, शुक्रबार

नेपाली सुपरस्टार राजेश हमाल बलिउड फिल्ममा

एसीपी संवाददाता

२० पुष २०७८, मंगलवार ०२:२६ मा प्रकाशित

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल अब बलिउड फिल्ममा देखिने भएका छन् । भारतीय निर्माता राजेश चौधरीले बनाउने एक फिल्ममा राजेश हमालले अभिनय गर्ने बताइएको छ ।

चौधरीको फिल्मभन्दा अगाडि राजेशले गीतमा अभिनय गर्ने भएका छन् । निर्माता चौधरीले  भारतिय मिडयासँग कुरा गर्दै हमाल चाँडै एउटा हिन्दी गीतमा पनि देखिने बताएका हुन् । उनले हमालको बलिउड फिल्मको तयारी भएको बारे पनि बताए । उनले हमालसँग सहकार्य गर्न पाउँदा धेरै खुशी लागेको पनि बताएका छन् ।

raj.jpg

हमाल अहिले भारतको मुम्बईमा छन् । उनी सोमबार त्यसतर्फ गएका थिए । हमालले आफू मुम्बईमा रहेको बारे सामाजिक सञ्जालमार्फत तस्बिरहरु शेयर गरेर पनि जानकारी गराएका छन् ।

rajesh hamaaal.jpg

हमालले त्यहाँ पुगेर भारतीय मिडियासँग पनि कुराकानी गरेका छन् । उनले मुम्बईमा आउँदा आफूलाई बेग्लै उर्जा आउने गरेको र खुसी महशुस भएको बताएका छन् ।  हमाल पछिल्लो समय फिल्म ‘सत्यम्’ को तयारीमा पनि छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x