२ आश्विन २०८३, शुक्रबार

नेपालगञ्जको कालीमाई मन्दिरमा पौष २० देखि ‘श्री राम कथा’ हुने

एसीपी संवाददाता

२० पुष २०७८, मंगलवार ०४:३३ मा प्रकाशित

बाँकेको नेपालगञ्ज स्थीत कालीमाई मन्दिरमा ‘श्री राम कथा’ हुने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ एकलैनी स्थित रहेको प्राचिन मन्दिरमा आगामी पौष २० गते देखि श्रीराम कथा हुने भएको सोमबार आयोजकले प्रेस सम्मेलनमा जनाएको छ ।

कसौंधन बैश्य समाज मूल कार्य समिति बाँके, युवा मञ्च, महिला मञ्च तथा हलचल फउण्डेशन नेपालगञ्जको संयुक्त आयोजनामा यहि पौष २० गते देखि २६ गते सम्म श्री राम कथा हुने भएको कसौंधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले बताए ।

पौराणिक तथा धार्मिक श्रीराम कथाले बिभिन्न खालका पाठ सिकाएको हुदाँ समाजलाई उप्प्रेरित गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको बताइएको छ ।

मञ्चका अध्यक्ष आदित्य कुमार गुप्ता अनुसार कथा दिउँसो ३ बजे देखि ६ बजे सम्म दैनिक हुनेछ ।
उनले भने, ‘आउने पौष २० गते बिहान ७ बजे कालीमाईको मन्दिरबाट शोभायात्रा निस्किन्छ । शोभायात्रा त्रिभुवन चौक हुदैं, त्रिवेणीमोड, बागेश्वरी मन्दिर, धम्बोझी चौक, सेतुबिक चौक भएर फेरी कालीमाई मन्दिरमा पुग्छ ।’

भारतको विरिन्दावनबाट पुरुषोत्तम उपाध्यायको मुखारबिन्दबाट श्रीराम कथा वाचन हुने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x