माओवादीले कानुनको धज्जी उडायो : सभामुख प्रचण्डको कार्यकर्ता, उपसभामुखहरु पार्टीको केन्द्रीय सदस्य
नेकपा माओवादी केन्द्रबाट केही नेता स्वतन्त्र भएर पदमा पुगे पनि पार्टीप्रति बफादारी निभाउन भने छोडेका छैनन् । यसको प्रथम उदाहरण प्रतिनिधिसभा सभामुख अग्नि सापकोटा भइहाले । उनकै कारण अहिले प्रतिपक्षी एमालेले संसदसमेत अवरुद्ध गरिरहेको छ । सापकोटा माओवादी अध्यक्ष प्रचण्डको कार्यकर्ता बनेर संसदमा एकपक्षीय भूमिका निर्वाह गरिरहँदा दुई जना प्रदेश उपसभामुख भने पार्टीको केन्द्रीय सदस्य बनेका छन् । नेपालको संविधान कानुन र संसदीय नीति नियमको धज्जी उडाउँदै बागमतीकी उपसभामुख राधिका तामाङ र कर्णालीकी उपसभामुख पुष्पा घर्ती विष्ट केन्द्रीय सदस्य बनेका हुन् ।
उपसभामुख बन्दा पार्टीको सम्पूर्ण भूमिका छोडेर अलग भएर स्वतन्त्र भूमिकामा उपसभामुख भए पनि व्यवहार भने यो देखिएन । संसदीय परम्परामा सभामुख, उपसभामुख बनेपछि पार्टीको पदीय जिम्मेवारीबाट राजीनामा दिने र पछि संसदीय जिम्मेवारीबाट पदमुक्त भएपछि पुनः पार्टीको जिम्मेवारीमा फर्कने प्रचलन छ ।
महामारी नियन्त्रणको बहानामा भियतनाममाथि पनि अघोषित चिनियाँ नाकावन्दी
तर तामाङ र विष्ट भने पदमा रहँदै पार्टीको सक्रिय राजनीतिमा आएर संसदीय नियमलाई नै चुनौती दिएका छन् । यसविरुद्ध अदालतमा मुद्दा परे केन्द्रीय समिति नै अवैध ठहरिन सक्छ ।


