कोरोना सङको लडाइँका लागि तयार रहन निर्देशन
कोभिड १९को सम्भावित तेस्रो लहरको लागी तैयारी अवस्थामा रहन सम्बन्धित सबै सरोकारबालाहरुलाई मुख्यमन्त्री लालबाबु राउतलले निर्देशन दिएका छन ।
कोभिड १९को ओमिक्रोन भेरियन्ट संग लडन प्रदेश स्थित स्वास्थ्य संस्थाहरुको अवस्था तथा आगामी दिनहरुमा गर्नुपर्ने तैयारी बारे छलफल गर्न मुख्यमन्त्री निवासमा मधेश भवनमा बिहीबार सम्पन्न प्रदेश कोभिड १९ संकट व्यवस्थापन केन्द्र (पीसीसीएमसी)को बैठकलाई सम्बोधन गर्नु हूँदै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन ।
छिमेकी मुलुक भारत लगायतको देशमा बढदैको गएको ओमिक्रोन भेरिएन्टबाट प्रदेश २ पनि प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मुख्यमन्त्री राउतले उक्त भेरियन्ट संग लडन तैयारी अवस्था रहनु बाहेकको विकल्प आफुहरु संग नरहेको बताएका छन ।
बैठकमा सहभागीहरुले प्रदेश भर रहेको सरकारी अस्पतालको अवस्था, कोभिड १९ संग लडन आवश्यक उपकरण, किट लगायतको सामग्रीहरुको उपलब्धता तथा अगामी दिनमा व्यवस्था गर्नुपर्ने सामग्रीहरु बारे ब्रिफिङ्ग गरेका थिए ।
मुख्यमन्त्री राउतको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा प्रदेश सरकारका मन्त्रीहरुका साथै सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य संग सम्बन्धित निकायहरुका प्रमुखहरु, विज्ञहरु सहितको उपस्थिति रहेको थियो ।


