२ आश्विन २०८३, शुक्रबार

श्रेष्ठलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को प्रमाण प्रत्र हस्तान्तरण

एसीपी संवाददाता

५ माघ २०७८, बुधबार ०३:५५ मा प्रकाशित

काठमाण्डौं । विश्वमै पहिलो पटक लामो समय पानी माथी पद्माशन गरेर नेपाली युवाले विश्व किर्तिमान राख्न सफल भएका छन । वाग्मती प्रदेशका विकणर् कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानी माथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता गराउन सफल भएका हुन ।

सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका छन । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका खेलकुद मन्त्रालयले जनाएको छ ।

सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथी पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x