एचसिआरसी अस्पताललाई दुई थान कन्सेन्ट्रटर मेसिन हस्तान्तरण
बासले नेपालगन्ज स्थित एचसिआरसी अस्पताललाई दुई थान कन्सेन्ट्रेटर मेसिन सहयोग हस्तान्तरण गरेको छ । एनआरएनए अष्ट्रेलियाको सहयोगमा बास नेपाललाई प्राप्त १० लिटरको उक्त कन्सेल्टेटर मेसिन बासले अस्पतालका प्रमुख डा. कुमारसान शाहलाई हस्तान्तरण गरेको हो ।
कोभिड १९ सक्रमण तिब्र रुपमा बढीरहेको अवस्थामा बासले बिरामीको उपचारमा सहजहोस भन्ने उद्धेश्यले उक्त मेसिन हस्तान्तरण गरेको हो । माघ अन्तिम साता देखि नयाँ भवनमा अत्याधुनिक एनआईसियु सहित थप सेवा बिस्तार गर्न लागेको उक्त अस्पताललाई सेवा प्रबाहमा सहजताका लागि सो मेसिन हस्तान्तरण गरिएको हो । कन्सेन्ट्रेटर मेसिन ग्रहण गर्दै अस्पतालका प्रमुख डा. कुमारशान शाहले अस्पतालले सेवा विस्तारको शुरुवातमा बासले गरेको सहयोगले थप हौसला थपेको बताए । उनले प्रात्त कन्सेन्ट्रेटर मेसिनको पूर्ण रुपमा उपयोग गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले एनआरएनएले उपलब्ध गराएको मेसिन अस्पताललाई उपलब्ध गराएको बताए । उनले यस अघि नेपालगन्ज स्थित भेरी अस्पताल, वेष्टर्न अस्पताल लगायतका अस्पतालहरुमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिसकेको बताउदै सेवा विस्तारको चरणमा रहेको एचसिआरसीले आफ्नो सेवामा थप सुधार ल्याओस भन्ने उद्धेश्यले सहयोग हस्तान्तरण गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, महासचिब शिव कुमार बर्मा, कार्यवाहक कोषाध्यक्ष दिला शाह, बासका कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्य खेम बिष्ट, निर्देशक हेमराज भट्ट लगायतको उपस्थिती रहेको थियो ।
बासले कोभिड १९ बिरुद्ध सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेको बासका सूचना अहिकारी हेमराज भट्टले बिज्ञाप्तिमा मार्फत जनाएका छ्न ।


