२ आश्विन २०८३, शुक्रबार

ओलीसँग मिलेर पार्टी फुटाउन तयार भएकी रेणु यादवप्रति उपेन्द्रको यस्तो मायाँ

एसीपी संवाददाता

१५ माघ २०७८, शनिबार ०१:५५ मा प्रकाशित

जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् जनता समाजवादी पार्टीकी नेतृ रेणुकुमारी यादव यति वेला चर्चाको शिखरमा छिन् ।

मर्यादा विपरित अभिब्यक्ति दिएको भन्दै उनलाई राजिनामा दिन चौतर्फी दबाव छ। तर, उनी टसमस भएकी छैनन्। माघ ५ गते रौतहटको गौरमा आयोजित बलिदानी दिवसलाई सम्बोधन गर्ने क्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष राउतको हत्या गर्ने आशयसहितको चेतावनीयुक्त अभिव्यक्ति दिएकी थिईन।

सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो अभिव्यक्ति दिएपछि उनको आलोचना स्वभाविकै थियो। तर, त्यसपछि भने उनले आफ्नो अभिव्यक्तिको ढाकछोप प्रयास गरेकी छिन् । उनले जारी गरेको विज्ञप्तिमा आफुले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन भएको उल्लेख गरेकी छिन् ।

उनले ढाकछोपको प्रयास गरेपनि उनले बोलेको भिडियो सामाजिक सञ्जालमा छ्यास्छ्यास्ती छ। उनले प्रष्ट रूपमा गौर घट्ना जस्तै हिंसा फैलाउने अभिव्यक्ति दिएकी छन् । उनको यो अभिब्यक्तिले आफु मात्र होईन, अध्यक्ष उपेन्द्रलाई समेत उनले धरापमा पारेकी छिन् । उनको यो अभिब्यक्ति उपेन्द्रका लागि छिर्के लगाए जस्तै भएको छ।

अध्यक्ष यादव उक्त घट्नाका आरोपित हुन । २८ जना माओवादी कार्यकर्ताको नरसंहार गरिएको गौर घट्नामा उनी विरुद्ध मुद्धा नै दर्ता छ। तर, यस विषयमा हालसम्म पनि पार्टीका अध्यक्ष उपेन्द्र यादव बोलेका छैनन्।

 

अर्कोतर्फ तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर पार्टी फुटाउन समेत तयार भएकी रेणुलाई उपेन्द्रले किन जोगाउन खोजिरहेका छन भन्ने विषय पनि अहिले आन्तरिक रुपमा पार्टीमा चर्चा छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले उपेन्द्र यादवको पार्टीलाई फुटाउनकै निम्ति राजनीतिक दल विभाजन गर्न सजिलोे हुने गरी अध्यादेश ल्याएका थिए । सो पार्टी विभाजन गर्न चाहने ब्यक्ति अरु कोही नभएर पार्टीकी नेतृ रेणुकुमारी यादव नै थिइन। सप्तरीको राजविराज घर भएकी यादव समानुपातिक सांसद हुन । उनलाई अर्का सांसद प्रदीप यादवले साथ दिएका थिए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवसँगको मतभेदका कारण रेणु पार्टी विभाजन गर्न तयार भएकी थिइन् । सोही मेसोमा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याइदिए। को साथ थियो । पार्टी फुटाउने उदेश्यले नेकपाका नेता महेश वस्नेतसहितको टोलीले पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रप्रसाद यादवको अपहरण नै गर्यो।

तर, नेकपा भित्रकै विरोधका कारण ओलीले अध्यादेशलाई फिर्ता लिनु पर्यो। त्यस वेला ओली र रेणुको मिलेमतोमा समाजवादी पार्टी फुटाउने योजना भाँडियो। पछि जसपा विभाजन हुँदा भने उनी अध्यक्ष उपेन्द्रकै पक्षमा रहिन् र पाँच दलीय गठबन्धनको सरकार बन्दा मन्त्री भएकी छिन् ।

यसरी आफनै पार्टी फुटाउन मरिहत्ते गर्ने रेणुलाई उपेन्द्रले किन मन्त्री वनाए अनि अहिले आफै माथि बन्चरो हान्दा पनि किन जोगाउन खोजिरहेका छन भन्ने विषयमा जसपाकै नेता/कार्यकर्ता समेत अन्यौलमा छन् । रेणु यादवप्रति उपेन्द्रले किन यस्तो मायाँ देखाईरहेका छन भन्ने कौतुहलता हामी भित्रै पनि रहेको एक नेताले वताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x