१३ मंसिर २०८३, शनिबार

पाकिस्तानमा कुरानको निन्दा गरेको भन्दै पत्थर मारी मारी हत्या लास रुख झुन्डाईयो

एसीपी संवाददाता

३ फाल्गुन २०७८, मंगलवार ०१:४५ मा प्रकाशित

काठमाडौं । पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ ।

पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले ढुंगाले हानेर हत्या गरी शव रुखमा झुण्ड्याएको हो । ती ब्यक्तिले कुरानका पन्नाहरु च्यातेको आरोपमा उनलाई मारिएको हो ।

गाउँलेहरु भेला भएर ती ब्यक्तिलाई ढुंगाले हानेर हत्या गर्ने निर्णय नै गरेको जनाइएको छ । हत्या लगत्तै शव रुखमा झुन्डाइएको थियो । ढुंगाले हानेर हत्या गर्ने निर्णय भएको थाहा पाएर गएको प्रहरीले आरोपितलाई नियन्त्रणमा लिए पनि भीडले पुलिसबाट खोसेर हत्या गरेको समाचारमा जनाइएको छ ।

पाकिस्तानमा इस निन्दाको आरोपमा यसरी ब्यक्तिको हत्या भएको पहिलो घटना भने होइन् । गत डिसेम्बरको सुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एक जना श्रीलंकनको हत्या गरिएकोथियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x