१८ आश्विन २०८३, आईतवार

बाँकेको बैजनाथ गाँउपालिकामा तीन दलीय प्रर्दशन

एसीपी संवाददाता

३ फाल्गुन २०७८, मंगलवार १४:५५ मा प्रकाशित

बाँकेको बैजनाथ गाँउपालिकामा तीन दलीय प्रर्दशन भएको छ । गाँउपालिका समक्ष बिभिन्न माग गर्दै सोमबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) का पालिका नेता कार्यकर्ताहरुले संयुक्त रुपमा गाँउपालिका घेराउ गरेका छन ।

किसानहरुको अन्न बालीमा भएको क्षतिको स्थलगत रिर्योट सम्बन्धित निकायमा नपठाईएको, अब्यवस्थित बसोबास तथा भूमिहीनहरुको लगत संकलन यथासिघ्र सम्बन्धित निकायमा पठाउन लगायतका नौं बुँदे माग सहित उनीहरु बिरोध प्रर्दशन गरेका हुन ।

नेपाली कांग्रेस बैजनाथ गाँउपालिका सभापति देव बहादुर केसीले यो प्रदर्शन चुनावलाई अंकित गरेर नगरिएको स्पष्ट पार्दै भने, ‘यो स्थानिय सरकारले गरिरहेको भूमिहीन तथा अव्यवस्थित सुकुमवासी लगत संकलन गरियो र बर्षातमा भएको धान क्षतिको तथ्यांक एकिन गरेर पठाउन र संघीय सरकारले राहत वितरणको कार्यविधि बनाएर निदेर्शन गर्‍यो । सोही अनुरुप स्थानिय सरकारलाई लगत दिन पत्रचार गर्दा स्थानिय सरकारले तथ्यांक संकलन गरेको थियो तर जुन अनुसारको तथ्यांक आएको थियो त्यो स्थानिय तहले सम्बन्धित निकायमा पठाउन चाहेन ।’

उनका अनुसार नेपाली कांग्रेसले गत माघ २५ गते ६ बुँदे माग सहित पालिकाका अध्यक्ष र उपाध्यक्षलाई हस्तान्त्रण गरेको थियो । त्यस क्रममा गाँउपालिका अध्यक्ष र उपाध्यक्षले आफैले दुई दुई पटक आयोगको अन्लाईन फारम भर्नुपर्ने थियो तर कार्मचारी तथा फोकल पर्शनका कारण पठाउन नसकिएको र अब पिन कोड बन्द भएको जवाफ फर्काएका सभापति केसीले नाईल खबरलाई जानकारी दिए ।

त्यस्तै माघ १४ गते सम्म अन्न बाली क्षति भएको विवरण पठाउन लागि पत्रचार भएको थियो तर कृषि बिकास शाखाका प्रमुखले रिर्पोट लिएर पनि पठाउन नसकेपछि सम्बन्धित कर्मचारीलाई गाँउपालिकाले स्पष्टिकरण सोधेको सभापतिलाई बताएको जनाएका छन ।

सभापति केसीले भने, ‘तर अहिले उहाँहरुले निर्वाचित सदस्यहरुलाई तपाँईहरुले किन यस्ता गलत रिर्पोट गर्नुभएको छ ? रकम आईसकेको छ रिर्पोत लगत पठाईसकेका छौं’ अहिले उहाँहरु ढाकछोप गर्दै हिडेका केसीको अरोप छ ।

केसीले आफु संग अध्यक्ष र उपाध्यक्षले कर्मचारीका कारण लगत पठाउन नसकेको र स्पष्टिकरण सोधेको स्वीकार गरेको भिडियो किलिप सुरक्षित राखेको दावी गरेका छन ।

सभापतिले

थप भने, ‘उहाँहरुले ऐनका विषयमा पनि कुनै पनि नयाँ ऐन ल्याउने तयारीमा छैनौं, हामीले पुर्वनिर्धारित तोकिएका दुई वटा ऐन र विधेकहरु पेश गरेका छौं । त्यो बाहेक अन्य कुनै पनि विधेक ल्याउने तयारी नरहेको बताएका थिए ।’

बैजनाथ गाँउपालिकाको आर्थिक वर्ष २०७८/७९ को सोमबार दिउँसो १ बजेको समयमा निर्धारण गरिएको नियमित (हिउादे) बैठक अर्को सूचना नआउँदा सम्मका लागि स्थगित गरिएको गाँउपालिकाले सूचना सार्वजनिक गरेको छ ।

उक्त बिषयमा सभापति केसीले भने, ‘हामीले गाँउपालिकालाई ध्यानाकर्षण गराएका थियौं । त्यस पश्चात एकाएक सदन स्थगित भएको छ । के कारणले सदन स्थगित गरिएको हो ?’
उनले प्रश्न गर्दै आफुहरु सदन अवरोध गर्न नआएको र सदनबाट जिविका पार्जन गर्ने, गरिब किसानको उत्थान हुने विधेकहरु आउन र निर्वाचनलाई प्रभावित हुन ऐन कानुन नआउन भन्ने संदेश दिनका लागि आउँदा एकाएक गाँउपालिकाले सदन स्थिगित गरेका केसीले आरोप लगाए ।

यस्तै, माओवादीका गाँउपालिका सभापति जय बहादुर बिकले आफुहरुले बिकास निर्माण, स्थानिय सरकार संचालन, जनतालाई सेवासुविधा लगायतका सवालमा केही बिषय उठान गरेको र सुझाव समेत दिएको बताउदै गाँउपालिकाले त्यसलाई बेवास्ता गरेको बताएका छन । उनले गाँउपालिका बिचौलीको सुझावमा हिडेको आरोप लगाएका छन । जसका कारण यहाँका जनताले सेवासुविधाका सवालमा समस्या भोग्नुपरेको बताएका छन ।

पछिल्लो चरणमा कोभिडबाट प्रभावित गरिब तथा अतिविपन्नहरुलाई लक्षित गरेर गरिब बस्तीका लागि प्रति व्यक्ति १० हजार आएको कार्यविधि गायब गरिएको उनको आरोप छ । बैजनाथ गाँउपालिकाको आर्थिक वर्ष २०७७/०७८ को म.ले.पा.बाट देखिएको बेरुजु रकम ७ करोड ४१ लख ४८ हजार रकम कहाँ कहाँ भएको तत्काल सार्वजनिक गर्न उनीहरुको माग रहेको छ ।

गाँउपालिकामा बिकास निर्माणका कार्य अगाडी बढेका छन । ठेकेदारले काम सम्पन्न नहुदैँ ठेक्काहरु सम्झौताको अवधि भित्रै पिच रोड भत्किएको प्रदर्शनकारीले बताएका छन ।

यता गाँउपालिकाका प्रशास्कीय अधिकृत तप्त आर्चायले माघ २५ गते नेपाली कांग्रेसका तर्फबाट केही माग सहित आफना असन्तुष्टि र स्पष्ट हुने बिषयमा गाँउपालिकालाई ध्यानाकर्षण गराएको थियो । सोमबार पुन गठबन्धनको तर्फबाट माग राखेका छन । उनले भने, ‘उहाँहरु आफना माग सहित गाँउपालिका अध्यक्ष संग छलफल गरेर फर्किसकेका थिए । तर उक्त माग कार्यन्वयन भएनन र चुनाव घोषणा भई सकेको बिभिन्न चुनावी प्रभावित कार्यक्रम नल्याउने प्रदर्शनकारीहरुको सुझाव थियो । ’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x