कार्यसुचिमा एमसीसी नपरेको भन्दै काङ्ग्रेसले लियो कडा एक्सन सापकोटा माथी खतरा
काठमाडौं । संघीय संसद सचिवालयले बुधबारको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनमा संसद सचिवालयले मंगलबार साँझ सार्वजनिक गरेको विज्ञप्तिमा अमेरिकी सहायता परियोजना एमसीसी भने राखिएको छैन ।
सरकारले एमसीसी भोलिको बैठकमा टेबल गर्ने तयारी भए पनि कार्यसूचीमा एमसीसी छुटाइएको छ । प्रतिवेदन पेश र शोक प्रस्तावमात्रै उल्लेख छ । सभामुखले नियोजित रुपमा एमसीसी छुटाएपछि कांग्रेसले असन्तुष्टि जनाएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी कार्यसूचीमा राख्न भनेको छ । नराखे सभामुखले मूल्य चुकाउनुपर्ने कांग्रेसको चेतावनी छ । कार्यसम्पादन समितिले एमसीसी अनुमोदनको बाटोमा लैजान आग्रह गर्दै आफ्नो प्रतिबद्धताअनुसार संसदमा टेबल गर्न सभामुखलाई सचेत गराएको छ ।
बैठकपछि प्रवक्ता डा प्रकाशशरण महतले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताए । एमसीसी संसदको कार्यसूचीमा रहनुपर्ने र नभए थपिनुपर्ने उनले सुनाए । एमसीसीमा कहिलै बेमेल नभएको भन्दै पास गर्ने बेला अत्तो अथाप्न सभामुखलाई सचेत गराए ।
कांग्रेसको कडा निर्णयपछि सभामुख सापकोटाले भोलि विहान ११:३० मा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठकबाट एमसीसीलाई एजेण्डाका रुपमा लैजाने निर्णय हुने बताइएको छ ।


