१३ मंसिर २०८३, शनिबार

नेपाली कांग्रेस बाँकेको सभापतिमा संस्थापन समूहबाट कम्तीमा तीन जना उम्मेदवार

एसीपी संवाददाता

६ फाल्गुन २०७८, शुक्रबार २३:११ मा प्रकाशित

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापतिमा संस्थापन समूहबाट कम्तीमा तीन जना उम्मेदवार हुने सम्भावना बढेको छ । संस्थापन निकट नेताहरुका अनुसार सभापतिका दाबेदारहरुले एकले अर्कालाई छोड्न नमानेपछि कम्तीमा तीन जना उम्मेदवार हुने सम्भावना बढेको हो ।

सभापतिमा एक भन्दा बढीले प्रतिष्पर्धा गरेपनि पदाधिकारी र सदस्यहरुमा भने संस्थापनबाट एउटै प्यानल बनाउने प्रयास भइरहेको एक नेताले बताए । उनका अनुसार सुरेन्द्र हमाल, बादशाह कुर्मी र निरञ्जनसिंह सिजापतिले सभापतिमा उम्मेदवारी दिने सम्भावना बढी छ । दुई उपसभापति, दुई सचिव र दुई सहसचिव तथा सदस्यहरुमा भने यो समूहबाट एउटै प्यानल बनाउने पर्यत्न भइरहेको छ । यद्यपी सभापतिको पनि एउटै उम्मेदवार बनाउन अन्तिमसम्म कोशिस जारी रहने नेताहरुले बताएका छन् ।

सभापतिमा धेरै उम्मेदवार भए पहिलो चरणमा परिणाम निस्कने सम्भावना निकै न्यून हुनेछ किनकी सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत बढी मत ल्याउनुपर्ने विधानमा व्यवस्था छ । ५० प्रतिशत बढी मत नआए धेरै मत ल्याउने दुई जनाबीच प्रतिष्पर्धा हुनेछ ।

संस्थापन इतरबाट भने नारायणप्रसाद गौडेल समूह डेढ महिना अघिदेखि प्यानल नै घोषणा गरेर प्रचारप्रसारमा छ । सभापातिका उम्मेदवार गौडेल समूहबाट उपसभापति गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिव सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवमा विश्वराज लम्साल र रेणु सिंह ठाकुर उम्मेदवार बन्दैछन् ।

No description available.

संस्थापनबाट दुई उपसभापतिका लागि सुरेन्द्रनाथ सापकोटा, कृष्ण कार्की, सुदिपनरसिंह राणा, देबबहादुर केसी, रविन्द्र हमाल आकांक्षी छन् । दुई सचिवका लागि मेघराज ओली, निमबहादुर चलाउने (निरज), रुद्रबहादुर ओली लगायतको दाबी छ । सहसचिवमा रामकुमार राँढ, पुरनसिंह ठकुरी, विनोद थारु लगायत आकांक्षी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x