कम्युनिस्टले कंगाल बनाएको देश नेपाल , कांग्रेसले सपार्न थाल्यो, बेईजिङका एजेन्टहरुलाई तनाब
काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्र सुधार गर्न खोजेका छन् ।
झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार ढलेपछि कम्युनिस्टले तहस नहस बनाएको मुलुकलाई लयमा फर्काउन देउवाले अनेक प्रयासहरु गरिरहेका छन् ।
कम्युनिस्टले अर्थतन्त्र धरासयी बनाएर भागेका छन् । कम्युनिस्टका तत्कालीन दुईतिहाइको प्रधानमन्त्री खड्गप्रसाद ओलीले मुलुकको अर्थतन्त्र र विकासका कार्यक्रमलाई साढे तीन वर्षमा समाप्त पारेका छन् । ओली र कम्युनिस्टले सिध्याएको ढुकुटीलाई सही ठाउँमा ल्याउनुपर्ने बाध्यता देउवालाई छ ।
साढे तीन वर्षमा कम्युनिस्टहरुले कोरोनाका बेलामा समेत अर्बौंको भ्रष्टाचार गरेका छन् । उनीहरुले देशलाई लुट्नसम्म लुटेका छन् । प्रधानमन्त्री देउवाले अमेरिकन सहयोग एमसीसी ल्याएर देशको अर्थतन्त्र सुधारको प्रयासमा छन् । विदेशी सहयोगहरु भित्र्याउन लागेका छन् ।
तर, विकास विरोधी कम्युनिस्टहरुले देउवालाई असहयोग गरिरहेका छन् । सडकमा उत्रिएर एमसीसीको विरोध गरेका छन् । कम्युनिस्टको हर्कतले विदेशी दातृनिकायहरु चिन्तित हुन पुगेका छन् । चीनले समेत एमसीसीको विरोध गरेको छ । नेपालको आन्तरिक विषयमा बोल्ने चीन को हो ?
नेपालमा एमसीसी आयो भने चीनलाई सबैभन्दा ठूलो टाउको दुखाइ हुनेछ । सोही कारण चीनले नेपालमा एमसीसी छिर्न दिन चाहेको छैन ।


