१३ मंसिर २०८३, शनिबार

नेकपा अध्यक्ष ओलि र अमेरिकी राजदुत बेरि बिच भेट्

एसीपी संवाददाता

११ फाल्गुन २०७८, बुधबार ०१:३५ मा प्रकाशित

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच मंगलबार भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा मंगलबार पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओली र राजदूत बेरीबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

संसद्मा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबुल भएको र अब बस्ने संसद् बैठकमा छलफल हुने भएपछि यसबारेमा छलफल भएको बताइएको छ ।

अध्यक्ष ओली र राजदूत बेरीबीच भेटवार्तापछि बालुवाटार जानुभएका ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x