१३ मंसिर २०८३, शनिबार

एमसीसीबारे बेईजिङले फेरि मुख चलायो, अर्को दनक पाउने संकेत

एसीपी संवाददाता

११ फाल्गुन २०७८, बुधबार १४:४२ मा प्रकाशित

काठमाडौं। नेपाल र अमेरिकाबीचको सहकार्य र संलग्नतामाथि चीनले फेरि अर्काे टिप्पणी गरेको छ । अमेरिकी आर्थिक सहायता परियोजना एमसीसीलाई लिएर केही दिनअघि चीनले अमेरिकाले जबरजस्ती कुटनीति अपनाएको भन्दै टिप्पणी गरेको थियो ।

त्यसको जवाफमा सरकारले नेपालले आफ्नो निर्णय आफै गर्न सक्ने भन्दै परराष्ट्र मन्त्तालयमार्फत विज्ञप्ती नै जारी गरेको थियो ।

बुधबार चिनियाँ विदेश मन्त्रालयकी हुआ छुनयिङले फेरि एमसीसीमाथि टिप्पणी गरेकी हुन् ।

चिनियाँ राज्य सञ्चालित मिडिया ग्लोबल टाइम्सका अनुसार उनले अल्टिमेटम दिएर उपहार कसरी दिन सकिन्छ भन्दै प्रश्न गरेकी हुन् ।

फेब्रुअरी ९ मा काठमाडौं स्थित अमेरिकी दुतावासले जारी गरेको विज्ञप्तीमा एमसीसी अमेरिकी जनताकोतर्फबाट नेपाली नागरिकलाई उपहार भएको भन्दै उल्लेख गरिएको थियो ।

एमसीसी मुख्यालयले एमसीसी नेपालमा पास गर्ने नगर्ने बिषयमा फेब्रुअरी २८ भित्र निर्णय गरिसक्न आग्रह गरेको थियो ।

मुख्यकुरालाई भ्रामक बनाउँदै चीनले फेरि गरेको यो टिप्पणीको जवाफ पनि पाउन सक्ने देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x