एमसीसी मात्रै किन बिआरआईमा चिनियाँ कानुम अनुसार हुनेछ भन्दा कम्युनिस्टहरु मौन किन ?
सुरेस कुमार – समाजिक संजाल = अहिलेसम्मको धेरै सम्झौताहरु हेर्दा सबै उस्तै छ । नेपाल र नेपालिलाई तल पारेकै छ । परिमार्जन र पारदर्शी जरुरी छ । खराब मध्ये कम खराब हेरौ ।
सब भन्दा चर्को व्याजको चिनको लगानी bri को सर्त हेरेको छ ? “चिनको कानुन अनुसार हुनेछ” भनेको छ । के विस्वास पैसाले पाउछ र ?
हेराइ र बुझाइ आआफ्नो हो । जस्तो रङ्को चस्मा लगायो उस्तै देख्नेछ । mcc को 55-60 अरबको कुरा मात्रै गर्नु सँकुचित सोच हुनेछ । त्यति पैसाको मात्रै कुरा होइन । सहयोग मागेर अरु मुलुकको इशारामा फिर्ता गरे नेपाल प्रति दातृ मुलुक तथा सस्थाहरुको विस्वास गुमाउने छ । विस्वास पैसाले किन्न सक्ने कुरा होइन । पछि खर्बौ खर्ब भन्दा बढि अनुदान र ऋण सहयोग नपाउने अवस्था आउनेछ ।
अमेरिकि mcc एउटा मात्रै नभनौ । उ सहभागी सङ्गठन र सस्थाहरु विस्व विकास तथा एसियाली विकास बैंक , युरोपेली युनियन , नाटो, ips आदिको मुलुक र दातृ निकायहरुको अनुदान तथा ऋण सहयोग रोक्यो भने आर्थिक सङ्कट पर्नेछ । mcc को र चिनको bri को सम्झौता उस्तै छ । सब भन्दा धेरै चर्को व्याजमा चिनसङ्ग लिएको bri ऋणको सम्झौतामा पनि चिनको कानुन माथि हुने सर्त छ । पारदर्शी र परिमार्जन खोज तर फिर्ता नभन ।
साभार : १- नागढुंगा सुरुङ्ग मार्ग
१७ अर्ब जापानी ऋण, ०.०१%ब्याज),
२- पोखरा विमानस्थल
(२७ अर्ब, चीनिया ऋण, २%ब्याज)
३- एमसिसी
(६० अर्ब, अमेरिका, तिर्नु नपर्ने अनुदान)
नेपालले कुनै पनि निकायबाट अहिलेसम्म लिएको ऋणमध्ये चिनको यो ऋण सबैभन्दा महँगो हो । जबकी अमेरिकी साम्राज्यवाद भनिने बिश्व बैंक र एशियाली बिकास बैंकले समेत ०.५% प्रतिशत हाराहारी मात्रै ब्याज लिन्छन् ।
असल छिमेकी र साम्यवादी चिनले दिएको ऋणको ब्याज मात्र बर्सेनि ५५ करोड तिर्नुपर्छ ।
विकास पुर्वाधारको वैदेशिक सहायतामा २% ब्याज भनेको हाम्रा जिमिन्दारले घ्यु खानेबाहेक नै ३६% ब्याज लिएसरह हो ।
पोखरा बिमान्स्थलको आम्दानीले सावा त परै जाओस ब्याज तिर्ने पैसा पनि हाम्रो जुनिमा कमाउने छैन । अर्को पुस्तालाई रिणको भार मात्र हो।
…
सिधा हिसाब यही हो।
नक्कली राष्ट्रवाद उचालेर भावुक युवाहरूलाई ढुङ्गा हान्न पठाउने अनि आफुचाही छिमेकीको स्वार्थमा इमान बेचेर गोजी भर्नेहरु नचिनेपछी निमुखा हामी भ्रममै मर्नेछौ ।
…
अब शर्तको कुरा,
यी सबै सम्झौता द्विपक्षीय र अन्तर्राष्ट्रीय कानूनकै फर्म्याटमा छन्। तर चीनिया ऋण सम्झौता गोप्य छ । कतिसम्म भने चिनसग किनिएको कोरोनाको खोपको मूल्य समेत सार्वजनिक नगर्ने सर्त राखेर बेचेको छ।
पोखरा बिमानस्थमा चीनिया ठेकेदार र चीनको कानून अनुसार विवाद निरुपण हुने सर्त छ।
जापानी ऋणमा जापानी नागरिकको अग्राधिकार र अन्तर्राष्ट्रिय कानून अनुसार हुने प्रावधान छ।
अमेरिकी अनुदानमा अमेरिकी कानून प्रधान छन्।
…
यी सबै बिकास सम्झौतामा सेना कहीँ छैन। हाम्रो भोको राष्ट्रवादले के देख्छ ? युआनको बिटोले इमानको आँखा छोपिएकै हो ?
हाम्रा युवा गुगल गरे पाइने डकुमेन्ट नखोजेर, युट्युवमा सिरियाको फोटो हेर्दै `छातिमा गोलि हान´ भन्दै पुलिस ललकार्न बानेश्वर पुगेका छन ।
…..
याद गर केटा हो, पुलिसले त रिस उठे हान्दिन्छ र आदेस पालना गरेको भन्दिन्छ ।
तिम्रा बा एकबर्ष रुन्छन, आमा जुनिभरी आँसु बगाउँछिन ।
अनि ज्यान त तिम्रै जान्छ ।
तिम्रा नेता टिभीमा बाइट दिन्छन तर तिम्रो ज्यान बचाउन आउँदैनन।


