१४ मंसिर २०८३, आईतवार

सहमतिमा एमसीसी पास हुन्छ , गठबन्धन कुनै पनि अवस्थामा भत्किन्न – प्रचण्ड

एसीपी संवाददाता

१४ फाल्गुन २०७८, शनिबार २३:३१ मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दाबी गर्नु भएको छ ।

सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भईरहेको बताउनुभयो ।

शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढ्ने संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

‘हामी छलफल गरिराखेका छौं, समस्याको समाधान हुन्छ,’ उहाँले भन्नुभयो, ‘गठबन्धन टुट्दैन, सहमतिको बाटोबाटै अघि बढछ ।’

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन टुटाउन विभिन्न प्रयास भइरहेको बताउँदै आउनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x