देश बचाउनको निम्ति युक्रेनी राष्ट्रपती मैदानमा
काठमाण्डौ । युक्रेनले रूसी आ’ क्र’ म ‘णको सा’म’ना गरिरहेको छ । मिडिया रिपोर्ट अनुसार युक्रेनमा १३७ जना भन्दा बढीले ज्या’ ‘न गु’मा ‘इ स’के’का छन् । रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सी’मानाका बि’न्दुहरूमा युक्रेन छि’रे’का छन् । रूस र युक्रेनबीच विगत आठ वर्षदेखि ति’क्त’ता देखिँदै आएको छ ।
सन् २०१४ मा रूसले छिमेकी देशमा राजनीतिक उ’थल’पु’थलको फाइ’दा उठाउँदै युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वी’पमा सैन्य नि’यन्त्र’ण का’यम गर्न थालेको थियो । युक्रेनको सेना र रूसी समर्थित वि’द्रो’ही’बीच पूर्वी युक्रेन दो’नबासमा भने कहिल्यै यु”द्ध स’माप्त भ’एन। यु’द्धमा अ’हिलेसम्म करिव १४ हजार मानिसहरूको मृत्यु भएको छ ।
को हुन् भोलोदिमिर जेलेन्स्की ?
भोलोदिमिर जेलेन्स्कीले युक्रेनको राष्ट्रपतिमा निर्वाचित हुनु अघि टिभीमा राष्ट्रपतिको भूमिका निभाएका थिए । सायद त्यतिबेला उनलाई थाहा थिएन कि एक दिन उनी वास्तवमै युक्रेनको राष्ट्रपति बन्नेछन् । जेलेन्स्की त्यो समयमा अभिनेता र स्ट्यान्ड अप कमेडियन थिए । उनी युक्रेनको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक हुन् । उनले अन्य कलाकारसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ बनाएका थिए ।
यो समूहले टेलिभिजन कार्यक्रमहरू उत्पादन गरेको थियो । उनले आफ्नो एउटा कार्यक्रममा विद्यालय शिक्षकको भूमिका निभाएका थिए । सो कार्यक्रममा शिक्षक एक दिन युक्रेनको राष्ट्रपति बन्नुपर्ने देखाइएको थियो । सन् २०१९ को चुनावमा आश्चर्यजनक जित निकाल्दै जेलेन्स्की युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका थिए । जेलेन्स्कीको जीवन र करियर अन्य अन्तर्राष्ट्रिय नेताहरूको तुलनामा सामान्य छ ।
उनले पदभार ग्रहण गरेपछि धेरै सं’क’टको सामना गर्नुपरेको छ । तर, उनले साहसका साथ यी सं’कटहरूको सामना गरिरहेका छन् । जेलेन्स्की विवाहित हुन् र उनकी पत्नीको नाम ओलेना जेलेन्स्की हो । दुबैका सन्तान पनि छन् । उनले २००० मा किभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानुनमा डिग्री गरेका छन् । सन् २०१८ मा अचानक राजनीतिमा प्रवेश गरेका उनी ‘जनताको सेवक’ पार्टीबाट राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरे ।
राष्ट्रपति बनेदेखि जेलेन्स्कीको अमेरिकासँगको सम्बन्ध निकै राम्रो रहेको छ । यद्यपि जेलेन्स्कीले राष्ट्रपति बनेपछि रूसी राष्ट्रपतिसँग सुरुमा कूटनीतिक सम्बन्ध राख्ने प्रयास गरे पनि सफल भएनन् । उनले युक्रेनमा भिक्टर मेदवेदचुकलगायत रूस समर्थक राजनीतिक समूहहरू विरु’द्ध क’डा कदम चालेका थिए ।


