१४ मंसिर २०८३, आईतवार

एमसीसीमा आफ्नै कार्यकर्तालाई यसरी ढाँटे प्रचण्डले, आफू बच्न यतिसम्मको नाटक

एसीपी संवाददाता

१५ फाल्गुन २०७८, आईतवार १३:४६ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको छ ।

व्याख्यात्मक घोषणालाई माओवादीले संशोधन भनेर तर्क गरेको छ । कानुनका जानकारकाअनुसार यो तर्क वास्तविकताभन्दा पर छ । यो सिर्फ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी अर्थात भ्रमको खेती गरिरहेका कम्युनिस्टहरुले सेफ ल्याण्डिङका लागि ल्याएका हुन् ।

प्रचण्ड र माधव नेपालले विपक्षमा रहेका पार्टी पंक्ति र कार्यकर्तालाई झुक्याउन व्याख्यात्मक घोषणाको फण्डा अघि सारेका हुन् ।

यसमा नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री जयप्रकाश (जेपी) गुप्ता भन्छन्, ‘एमसीसीबारे व्याख्यात्मक घोषणा गरी पास गर्ने कुरा आयो । यसरी पारित भयो भने यो व्याख्यात्मक घोषणा किमार्थ ‘एमसीसी’ को अंग हुँदैन । तर, भ्रमको खेती गरेर राष्ट्रवादी छवि कायम राख्नेहरूका लागि ‘फेस सेभ’ भने हुन्छ ।’ उनले अब के पाउने हुन् त सडकको राजनीतिले ? कसले आत्म मूल्यांकन गर्ने होला ? भनेर प्रश्न पनि गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x