एमसीसी राष्ट्रघाती ठहरिए ‘थानकोटमा लटकिन तयार , नागरिकता खोसियोस्, चारपाटा मुडियोस्’- गगन थापा
काठमाडौं। नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले एमसीसी देश विकासको पक्षमा रहेको बताएका छन् ।
एमसीसी सम्झौताको व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै थापाले यस्तो बताएका हुन् ।
यस्तै उनले एमसीसीको विरोधमा रहेका रावललाई चुनौती दिएका छन् ।
रावलले छलफलमा भाग लिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई आधा घण्टा बहस गर्न चुनौती दिएका थिए । जवाफमा थापाले रावललाई नै चुनौती दिँदै भने, ‘माननीयजीले चुनौती दिनुभएको छ, तपाईको चुनौती म स्वीकार गर्छु । सडकमा बहस गर्ने कि संसदमा ? अछाममा गर्ने कि काठमाडौंमा ? स्वीकार्य छ ।’
भीम रावललाई नै सोच्नु पर्ने बाध्य पार्दै उनले भनेका छन्, ‘२०७३ असार ३१ गते भीम रावल उपप्रधानमन्त्री भएको क्याबिनेटले प्रस्ताव पारित गर्छ एमसीसीबाट प्रस्तावित कम्प्याक्ट कार्यक्रम तयार गर्न एक अर्ब १३ करोड लिने । त्यो दिन माननीयजीको पनि पेट दुखेको थियो ?’
यस्तै उनले एमसीसी सम्झौतालाई राष्ट्रघाती भनिएको भन्दै यो सम्झौताका कारण स्वाधिनता तलमाथि भएमा नेपालले जे व्यहोर्छ, आफूले यसमा हस्ताक्षर गर्ने सांसद भएर सरी भनेरमात्र छुट नपाउने उनले बताए । उनले भने, ‘म काठमाडौंको सांसद हुँ, यदि त्यस्तो भयो भने थानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चारपाटा मुडियोस्, सम्पत्ति विवरण बुझाएको छु, सम्पत्ति खोसियोस् ।’
उनले एमसीसीको विरोधमा रहेका सांसदहरुप्रति लक्षित गर्दै भने, ‘माननीयजीहरु तयार हो ? सेना आउँछ, सम्पत्ति लुटिन्छ भनेर जनतालाई भनिएको कुरा यही पाँच वर्षभित्र भएन भने त्यो कुरा गर्न तयार हो ?


