१४ मंसिर २०८३, आईतवार

झलनाथ खनाललाई आफ्नो देशको भन्दा चीनको बढी चिन्ता

एसीपी संवाददाता

१६ फाल्गुन २०७८, सोमबार ०१:२७ मा प्रकाशित

काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी अनुदान सम्झौता (एमसीसी) संसदबाट अनुमोदन भएमा चीनलाई असर पर्ने टिप्पणी गरेका छन्।

आइतबारको प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफलमा सहभागी हुँदै नेता खनालले अमेरिका ‘चल्तीको शिखर’बाट तल झर्न खोजिरहेको पनि बताएका छन्।

‘चीन राइज गर्दै छ। चीन राईज भएकोमा अमेरिका आपत्ति गर्दै छ,’ खनालले भने, ‘चीनको राइज (उदय)लाई कसरी रोक्ने भन्ने चिन्ता छ? त्यसका लागि अमेरिकाले तिब्बत, हंङकङ बनाएको छ।’

अमेरिकाले एमसीसीका माध्यमबाट नेपालमा राजनीति गर्न खोजेको पनि खनालले टिप्पणी गरे। एमसीसीका विषयमा दफा दफामा छलफल गर्ने वातावरण बनाउन पनि खनालले प्रधानमन्त्रीसंग आग्रह गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x