१४ मंसिर २०८३, आईतवार

सहायता एमसीसी सम्झौता अनुमोदन हुँदा उत्तरी छिमेकीको राजधानी बेईजिङमा खैलाबैला

एसीपी संवाददाता

१६ फाल्गुन २०७८, सोमबार ०९:१७ मा प्रकाशित

काठमाडौं । अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि उत्तरी छिमेकी चीनमा खैलाबैला भएको छ । उच्चस्तरीय दबाब तथा प्रभावका बाबजुत एमसीसी रोक्न नसकेपछि बेइजिङमा खैलाबैला भएको हो ।

एमसीसी रोक्न चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग, चिनियाँ विज्ञहरु, नेपालस्थित चिनियाँ राजदूतका साथै चीननिकट नेपालका कम्युनिस्ट नेताहरु लागेका थिए । उनीहरुले एमसीसीमा चरम भ्रम सिर्जना गरी नेपाली जनतालाई विभाजित गर्ने, सडकमा उतार्ने प्रयास गरेका थिए । तर त्यो भ्रमलाई स्पष्ट रुपमा चिर्दै संसदले एमसीसी पारित गरेपछि चिनियाँ कुटनीतिज्ञहरु तनावमा परेका छन् ।

चीनले एमसीसीमा असफल भएको भन्दै आफ्नी राजदूत होउ यान्छीलाई फिर्ता बोलाउने तयारी गरेको जानकार स्रोतले जानकारी दिएको छ । यता नेपालमा चिनियाँ राजदूत यान्छीलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ ।

अधिकार क्षेत्र नाघेको भन्दै पदीय मर्यादा नराखेको भन्दै स्पष्टीकरण सोध्न सत्तारुढ तथा प्रतिपक्षी नेताहरुले माग गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x