१९ आश्विन २०८३, सोमबार

यातायात व्यवस्था कार्यालयमा नागरिक गुनासो संकलन

एसीपी संवाददाता

१९ फाल्गुन २०७८, बिहीबार १५:०० मा प्रकाशित

बास नेपालले यातायात व्यवस्था कार्यालयमा नागरिक गुनासो संकलन गरेको छ ।
नागरिकहरुको गुनासो संकलन गरि गुनासोहरु सुनुवाईको पहल गर्नका लागि बास नेपालले जनगुनासो संकलन गरेको हो ।
५० बढि सेवाग्राहीहरुले कार्यालयको काम प्रति व्यापक रुपमा गुनासो गरेका छन् । सेवाग्राहीहरुले समयमा स्मार्ड कार्ड नआएको, सेवा, सबिधा प्रबाह गर्दा चरम ढिलाई हुने गरेको, टोकन प्रणाली लागु नहुँला भनसुन, सोर्सफोर्स व्यापक रुपमा हुने गरेको, सवारी पार्किंग अस्तव्यस्त रहेको, शौचालय, पिउने पानीको व्यवस्था नभएको, नागरिक सहायता कक्ष नभएको, प्रतिक्षालयको व्यवस्था नभएको, सरसफाई नभएको, गुनासो सुनुवाई नुहुने गरेको गुनासो गरेका छन् ।
यसैगरी सेवाग्राहीहरुले बिचौलियाहरुको बिगबिगि रहेको समेत गुनासो गरेका छन् । संकलित गुनासो समाधान गर्न सम्वन्धित कार्यालय लगायत जिल्ला प्रशासन कार्यालयमा बुझाईने बासले जनाएको छ ।
नागरिक गुनासो संकलन कार्यमा बासका स्वयंसेवकहरु गिता बि.क., आशिष गिरी, सुबोधमान उदाश, रमिता शाह, शतिष मिश्रा, मञ्जु थापा मगर लगायत सहभागि रहेका कार्यकारी निर्देशक, बास नेपाल नमस्कार शाह जारी गरेको  बिज्ञप्तिमा उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x