१४ मंसिर २०८३, आईतवार

रुसको आक्रमणबारे धारणा बनाउन क्वाडका नेताहरुद्वारा छलफल

एसीपी संवाददाता

२० फाल्गुन २०७८, शुक्रबार ०१:०५ मा प्रकाशित

काठमाडौं । अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू आज बिहिबार भर्चुअल छलफल गर्दैछन् ।

क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भर्चुअल बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन, जापानी प्रधानमन्त्री फुमिओ किसिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन् ।

सन् २०२१ सेप्टेम्बरमा यी चार नेताहरूले वासिङ्टन डिसीमा छलफल गरेका थिए । रूसले युक्रेनमाथि आक्रमण गरेको एक सातापछि चार मुलुकका नेताहरू बैठकमा बस्न लागेका हुन् ।

रूसले युक्रेनमाथि गरेको आक्रमणमा अमेरिका, अष्ट्रेलिया र जापान युक्रेनतिर छन् भने भारत तटस्थ बस्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x