पाकिस्तानको एक मस्जिदमा शक्तिशाली विस्फोट हुँदा ५० भन्दा बढीको मृत्यु
एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी पेशावर शहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार भएको शक्तिशाली वि’स्फो’टमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको अस्पताल तथा प्रहरी अधिकारीहरूले जनाएका छन् । यद्यपि उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म ५६ पुगेको अधिकारीहरूलाई उद्धृत गरी एजेन्सी फ्रान्स प्रेस (एएफपी) ले उल्लेख गरेको छ ।
आ’क्र’म’णमा घा’इ’ते भएका अधिकांशलाई पेशावरस्थित लेडी रिडिङ अस्पतालमा ल्याइएको र उनीहरूको उपचार भइरहेको अस्पतालका प्रवक्ता मुहम्मद असिमले सिन्ह्वालाई बताए । ग’म्भी’र रूपमा घा’इ’ते रहेका २० जनाको मृत्यु भएपछि मृतक सङ्ख्या ५० भन्दा बढी पुगेको बताइएको छ । अन्य करिब २०० जना घा’इ’ते भएका र ५० देखि ६० जनालाई गहिरो खालको चो’ट लागेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको उनले बताए ।
थप १० देखि १५ जनाको अवस्था ग’म्भी’र रहेको पनि उनले बताए । घा’इ’तेको उपचारका लागि आकस्मिक अवस्था घोषणा गरिएको र थप चिकित्सकलाई अस्पताल बोलाइएको छ । पेशावरका प्रहरी परिचालन प्रमुख वरिष्ठ सुपरिटेन्डेन्ट हरुन राशेदले सिन्ह्वासँग बताए अनुसार दुई जना आ’त’ङ्क’का’रीले मस्जिदमा प्रवेश गर्न खोजेको र त्यहाँ ड्युटीमा रहेका प्रहरी कर्मचारीसँग भएको त’ना’वपछि आ’त्म’घा’ती आ क्र म ण गरेको बताए ।
घ ट नामा एक प्रहरीको मृत्यु भएको र एक जना ग म्भी र घा इ ते भएको बताइएको छ । प्रारम्भिक अनुसन्धानपछि अधिकारीले यो सर्वसाधारणलाई लक्षित गरी गराएको आत्म घाती बम विस्फो ट भएको बताएका छन् । प्रत्यक्षदर्शी मश्ताक खानले सिन्ह्वालाई प्रार्थनाको समयमा वि स्फो ट भएको र मस्जिदको दुई तले भवनमा ठूलो सङ्ख्यामा उपासकहरू उपस्थित भएको बताए ।
उनले भने “ठूलो वि स्फो टपछि कतिपय मृत शरीरबाट उछिट्टिएका शरीरका भागहरू देखिएका थिए भने आ क्र म णबाट घा इ ते भएका मानिसहरु सहयोगकोलागि रो इ क रा इ गरिरहेका देखिएको थियो । यो मैले आफ्नो जीवनमा देखेको सबैभन्दा ठूलो वि स्फो ट थियो ।”


