१४ मंसिर २०८३, आईतवार

मधेशको माओवादी मोह कि स्वार्थ ?

एसीपी संवाददाता

२१ फाल्गुन २०७८, शनिबार १६:५८ मा प्रकाशित

नेकपा माओवादीले अचानक र अप्रत्याशित रूपमा ९० डिग्रीको फन्को मार्‍यो। त्यसको चार वर्षपछि २ नम्बर प्रदेशको नामकरण सम्भव हुन सक्यो। संघीय शासन प्रणालीको मर्म र भावनालाई आत्मसात् गर्नेहरूका लागि यो विजयको ध्वजा फहराए सरह थियो। किनकि योभन्दा पहिले जे जति प्रदेशहरूको नामकरण गरिए, त्यसमा कहीँ कतै संघीय सिद्धान्तको गन्धसम्म थिएन। अर्थात्, पहिचानको मुद्दालाई गौण बनाइएको तथ्य जगजाहेर छ। जो नितान्त पूर्वाग्रही ढंगबाट गरिएको नामकरण पञ्चायती शासनको पुनरावृत्ति थियो। त्यसैले हर्ष र विस्मात्को बीच मनाइएको उत्सवले सिंगो मुलुकमा एक प्रकारको नौलो अभ्यासको थालनी गरेको सबैले महसुस गरे।

यसरी पहिचान अन्तर्निहित रहेको नामकरणभित्रको राजनीतिको भेउ नै धेरैले पाउन सकेनन्। लुम्बिनी र सुदूरपश्चिम गरी दुईवटा प्रदेशमा रहेको माओवादी मुख्यमन्त्रीसमेतले गर्न नसक्ने काम मधेस प्रदेशले रातारात फत्ते पारे। जनयुद्ध दिवसको दिन फागुन १ गते स्थानीय बिदा दिइयो। मधेस प्रदेशको भौगोलिक सीमाभित्र जनयुद्धमा मारिएका परिवारहरूलाई एक÷एक लाख वितरण गरियो। यसले के देखिन्छ भने राजनीति भनेको सम्भावनाको खेल हो। र, यो कति खेर कोसँग टाँसिन्छ वा टुक्रिन्छ भन्ने गाह्रो छ। यस्तो भविष्यवाणीलाई समेत नेताहरूको व्यक्तिगत स्वार्थपूर्तिले सजिलै अनहोनीलाई होनी बनाउँदो रहेछन्।

यसको ज्वलन्त प्रमाण हो– जनयुद्धको कहिल्यै नामै नलिनेहरू पनि सो दिवसमा दिइएको बिदा र लाखौं रुपैयाँको वितरण ! त्यसैले मधेसको राजनीतिले एकपटक फेरि १ सय ८० डिग्रीको फन्को मारेको प्रतीत हुन्छ। करिब डेढ दशकयता मधेसवादी र माओवादी सधैं एकअर्काप्रति बैरीको स्वभाव प्रदर्शन गर्दै आएका थिए। तिनैको यो मिलनले स्थानीय निर्वाचनमा समेत गठजोडको संस्कृतिलाई एकतिर निरन्तरता दिने देखिन्छ। अर्कोतर्फ मधेस प्रदेश सरकारको मियो हातमा लिएका जसपा फुटको संघारमा छ। वर्तमान गठबन्धनले यसको पूर्वाधार तयार पारेको हो, जसमा एमसीसीको पनि अन्तरकुन्तर भूमिका छ।

बाबुराम र उपेन्द्रबीच मनमुटाव
मधेस जनविद्रोहबाट राष्ट्रिय नेताको आकार ग्रहण गरेका उपेन्द्र यादवले डा. बाबुराम भट्टराईको नयाँ शक्तिसँग पार्टी एकतापछि मत मिले पनि मन भने कहिल्यै मिलेन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x