२० कार्तिक २०८३, बिहीबार

एमसीसी पारित भएलगत्तै चिनियाँ विदेशमन्त्री बीआरआईकाे एजेन्डा लिएर नेपाल आउँदै

एसीपी संवाददाता

२६ फाल्गुन २०७८, बिहीबार ०३:०७ मा प्रकाशित

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यी चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाडौं आउने भएका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

छ सदस्यीय चिनियाँ उच्चस्तरीय टोलीको नेतृत्व गर्दै वाङ एक साताभित्र नेपाल आउन लागेको स्रोतले बताएको छ । नेपालले हालैमात्र अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाको बैठकबाट पारित गरेसँगै त्यसको विरोधमा रहेको बेइजिङले विदेश मन्त्रीलाई नेपाल पठाउन लागेको हो ।एमसीसी परियाेजना गति लिदै , ६ अर्ब ३९ करोड रुपैयांमा ७७ किलोमिटर सडक नयाँ प्रविधि बाट बन्ने

एमसीसीसँग विद्युत् र सडक पूर्वाधारसम्बन्धी परियोजनाका लागि चार वर्षअघि भएको सम्झौता संसद्बाट अनुमोदन भएपछि चीनले पनि भूराजनीतिक सरोकारको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनालाई कार्यान्वयनमा लैजान तदारुकता देखाएको सन्देश दिन विदेशमन्त्री वाङ आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए ।

एमसीसी सम्झौता संसद्बाट अनुमोदनका लागि अमेरिकाले दबाब बढाइरहेका बेला चीनले ‘धम्कीपूर्ण कूटनीति’ भन्दै सार्वजनिक प्रतिक्रिया जनाएको थियो ।

एमसीसी गत फागुन ८ गते संसदमा पेश भएसँगै त्यसलाई रोक्नसमेत चीनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई सम्पर्क गरेर एमसीसी पारित नगर्न दबाब दिएको थियो । चिनियाँ विदेश मन्त्रीले पटक पटक पत्रकार सम्मेलन गर्दै बेइजिङमै कसैले दबाबमा दिएको उपहार पनि लिन्छ ? भन्दै नेपाललाई भड्काइरहेका थिए ।
चीनको जेलमा तिब्बती भिक्षुको ६१ वर्षको उमेरमा निधन
नेपालले एमसीसी पारित गर्ने विषयमा चीन र अमेरिकाबीच वाकयुद्ध नै चलिरहेको थियो । तर एमसीसी पारित गरेपछि चीनले ‘नोट गरेको’ मात्र प्रतिक्रिया पनि दिएको थियो ।

चीनले चर्को मूल्यमा ऋण दिएको आरोप लागिरहेका बेलामा बीआरआईमार्फत नेपाललाई जोड्नका लागि चिनियाँ विदेश मन्त्रीको टोली नेपाल आउन लागेको बताइन्छ ।

त्यस्तै २०७२ को भूकम्पपछि र विशेषतः कोरोना महामारीको पछिल्लो २ वर्षमा चिनियाँ नाकामा लगातार जारी अवरोधमाथि पनि सार्वजनिक बहस भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x