१४ मंसिर २०८३, आईतवार

मार्च १० : फ्रि तिब्बतको माग गर्दै काठमाँडौको जोरपाटी एरियामा बेलुन उडाइयो

एसीपी संवाददाता

२६ फाल्गुन २०७८, बिहीबार १८:५२ मा प्रकाशित

काठमाडौं । स्वतन्त्र तिब्बतको माग गर्दै काठमाडौंको जोरपाटीमा बेलुन उडाइएको छ । तिब्बत विद्रोहको दिन मार्च १० को अवसर पारेर युवाहरुको एक समूहले बिहीबार फ्रि तिब्बत, सोलाडिरिटी तिब्बत नारासहित बेलुन उडाएका हुन् ।

उनीहरुले तिब्बतीहरुको स्वतन्त्रता, मानवअधिकारको संरक्षण, तिब्बती शरणार्थीको सम्मान लगायत एजेण्डाको सम्बोधन हुनुपर्ने माग गरेका थिए । सुरक्षा थ्रेटका कारण उनीहरुले आफ्नो परिचय खुलाउन भने अस्वीकार गरेका छन् । तिब्बती विद्रोह दिवस मार्च १० का दिन मनाइने गरिन्छ ।

तिब्बतमा जनवादी गणतन्त्र चीनको उपस्थिति विरुद्ध १९५९ को तिब्बती विद्रोहको सम्झनामा यो दिवस मनाउने गरिन्छ। चीनको दमनले तिब्बतका नेता दलाई लामा भारतमा निर्वासनमा छन् ।

युवाहरुले तिब्बती विद्रोह दिवस मुख्यतया तिब्बती स्वतन्त्रतालाई समर्थन गर्ने संस्थाहरू र व्यक्तिहरू द्वारा मनाइन्छ । जस्तै विद्यार्थीहरू स्वतन्त्र तिब्बतको लागि र प्रायः दलाई लामाद्वारा एक बयान जारी गरेर साथमा मनाउने गरिन्छ ।

तिब्बती स्वतन्त्रता समूहहरूले अक्सर मार्च १० मा तिब्बतको स्थितिमा ध्यानाकर्षण गर्न विरोध प्रदर्शन वा अभियानहरू आयोजना गर्छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x