काठमाडौं । भारतले युद्धरत युक्रेनबाट चार नेपालीको उद्धार गरेर सुरक्षित रुपमा नयाँ दिल्ली ल्याएको छ ।
नयाँ दिल्लीबाट नेपालीहरु स्वदेश फर्किएका छन् । भारतले सञ्चालन गरेको अपरेशन गंगाअन्तर्गत चार नेपाली नयाँदिल्ली हुँदै युक्रेनबाट स्वदेश फर्किएका हुन् । नेपाली नागरिक सुरक्षित रुपमा उद्धार गरी ल्याइदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।
अपरेशन गंगा अन्तर्गत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा देउवाले भारत सरकार र भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका हुन् । यसअघि पनि भारतले केही नेपालीको उद्धार गरिसकेको छ ।
परराष्ट्र मन्त्रालयले पनि उद्धारका लागि भारतलाई धन्यवाद दिएको छ । सरकारको आग्रहमा भारतले आफ्ना नागरिक उद्धार गर्न सञ्चालन गरेको अपरेशन गंगा मार्फत नेपालीसहित ददक्षिण एसियाका नागरिकको पनि उद्धार गरिरहेको छ ।
