१४ मंसिर २०८३, आईतवार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणको तयारी

एसीपी संवाददाता

२९ फाल्गुन २०७८, आईतवार ०५:१८ मा प्रकाशित

काठमाडौं। नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने तयारी भएको छ।

यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिक रूपमा उडान खोल्ने तयारी भएको हो।

आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमित रूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी कामको तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बुद्ध पूर्णिमाको दिनबाट त्यहाँ अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी तयारी गर्न निर्देशन दिएका थिए। लगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले ४१ दिनपछि अर्थात् जेठ २ गतेबाट उडान–अवतरण गर्ने गरी काम गरिरहेको जनाएको छ।

उक्त विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान–अवतरणका लागि काम भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x