बाबुराम भट्टराई भन्छन् – हिजो जनमुक्तिका लागि बन्दुक बोक्नेहरु पेट पाल्न देह बेच्दैछन्
पूर्व प्रधानमन्त्री तथा जसपा संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले पूर्व माओबादी लडाकुहरु देह ब्यापारमा संलग्न रहेको स्वीकारेका छन् । गायक प्रकाश सपुतको गीत ‘पिर’मा समाबेश पूर्व लडाकु देह ब्यापारमा संलग्न भएको दृष्य प्रति माओबादी नेताहरुले आपत्ति जनाइरहदा बाबुरामको यस्तो भनाई आएको हो ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट् गर्दै अनुसन्धानको क्रममा आफुले प्रत्यक्ष बुझेको भन्दै सन्तान र लोग्नेको उपचारका निम्ती महिलाहरु देह ब्यापार गर्न बाध्य भएको उल्लेख गरेका छन् । डा. भट्टराईले अगाडी लेखेका छन् – ‘हिजो जनमुक्तिका लागि बन्दुक बोक्नेहरु पेट पाल्न देह बेच्दैछन् ! तीतो सत्य स्वीकारौं, समाधान खाजौं ।’
माओबादी शशस्त्र युद्धको नेतृत्व कर्ता मध्येका एक बाबुरामको यो भनाईले प्रकाशको गीत यथार्थसँग नजिक रहेको बुझ्न सकिन्छ ।
डा भट्टराई लेख्छन – ‘तथ्यबाट सत्य खोज’ मार्क्सेली चिन्तनपद्धतिले भन्छ । अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु – महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन् । हिजो जनमुक्तिकानिम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन् ! तीतो सत्य स्वीकारौं; समाधान खोजौं;
@PrakashSaput लाई नसरापौं !
प्रकाशलाई गीत तत्काल हटाउन र माफी माग्न वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्जा सिंहलगायत माओबादी नेता कार्यकर्ताहरुले चेतावनी दिएका छन् ।


